Posted by: Dada Giri April 11, 2005
Login in to Rate this Post:
0
?
हामी अब यो "लास्टाऽ पाली है" भन्दै, फेरि हाम्रै सुरमा पौडिँदै थिएम् सञ्जुलाई त बगाइहालेछ।यस्तो सानो खोलाले नि के भन्नी अब।
नपत्याउने खोलाले बगाउँछ भन्या यहि हो।
सञ्जु त हकानिँदै, "दादा! दादा! आत्मे!" भन्छे है। अनि हामी दौडेर हाम्फाल्दै गएम्। जाँदाजाँदै पनि पानिको छहरोले एक बर्ल्यागं गर्लम्मै झारिहाल्यो त्यसलाई त
अनि तल्लो रहमा उत्तानो ड्यागं परी। हतार हतारमा हाम्ले तानेम् तेल्लाई खोलाको तिरमा, एउटा माछा छोप्या जस्तो भो। यता पनि ठोक्किएछ उता पनि ठोक्किएछ,
घुँडा सुँडा अनि यो कुहिनोमा त रातै भऽको। चिउँडोमा नि अलिकति काटेछ।
आत्माराम र म त किंकर्त्बयबिमुढ भैहालेम् नि अब, हाम्ले नै कर गरेर पौडी खेल्न लगाऽको त हो नि, है।
अब बरबाद भो भनेर मैले, "केइ नि हुन्न सञ्जु! पाती निचोरेर त्यसको रस लगाऽसी सञ्चो हुन्छ। यस्ता घुँडा त हाम्रा कति ठोक्किए कति पौडिँदाखेरि।" भनेँ।
"यी मेरो अझै ह्याँ दाग छ।" आत्मारामले आफ्नो निधारको खत देखायो, तर त्यो खत चाँहि माछा मार्दाखेरिको थियो, मैले हो मा हो थपेँ सञ्जुलाई मनाउन पर्यो नि।
*** *** ***
अनि स्थानीय जडिबुटी भनम् न लगाम्दै थिएम्, पाती निचोरेको रस नि अब के हुन्थ्यो अरु।
कपडा सपडा सुकाउन पर्यो फेरि त्यसका। ढिलो पो भो त।
"ए! हैन ती डिँगा कसका हुन्?" पऽरतिर कराऽको आवाज सुनियो तर हामी भने टारिघरे दाइले मजाऽले गाई हेर्दैछ हाम्रो त भनेर खासै वास्ता गरेनम्।
एकछिन पछि माथि बुढो सल्लोको फेदबाट बाख्रा फर्काउँदै गोबिन्द करायो।
"ऐ दादा! ऐ आत्मे! भुललुवाहरु! काँ खोला खोलाँ छौ त नि तिमेरु! यसबेला पनि। ह्वाँ गाईले खायो!"
"ऐ! गोबिन्द जा न यार!, फर्काइदे! ह्याँ भुते रहमा सञ्जुलाई भुतले तानेर कस्तो भो।" मैले भने।
गोबिन्द मैले भनेसी मान्थ्यो बिचरा, एक वर्ष जुनियर हो नि। हाम्फाल्दै गेऽर गाई फर्काएर ल्यायो आत्मारामको टारिघरे दाइ त कटुसको फेदमा निभुसुक्कै दाएछन् के।
थाकेर होला नि बरा २४सै घण्टा काम हुन्छ तिनको त्यसैमाथि वन हेरालो पनि हुन्।
गोबिन्द आइसकेसी हामेरु घर फर्केम्। सञ्जुलाई भुतले तानेको कुरा घरतिर कसैलाई नभन्नी हाम्रो सल्लाह भो, गोबिन्द पनि हामिसितै म्याग्दि जाने कुरा पनि भो।
हुन त कुस्मा निस्केर म्याग्दी जान छोटो पर्छ तर घुम्नी भनेसी मजाले घुम्नी नि भनेर यता पुतली बजार, पोखरा, लुम्ले हुँदै जानी निधो गरेम्।
रातभरि त्यो दिन कैले आउला भनेर म कुर्दै थिएँ।
मैले घराँ कोइ पनि नभऽको बेला पारेर १ पाथि मकै चोरेर बेचेँ। आत्माराम र गोबिन्दले नि त्यस्तै त्यस्तै गरेछन् र अलिअलि पैसा जोडेछन्।
*** *** ***