Posted by: Dada_Giri April 10, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय ११ सञ्जुले कपडा खोल्नै लाज मानी बरा र उतापट्टि ढुगांमुनि लुकेर यसो कपडा सपडा मिलाई मात्र र फर्की। "हैन, त्यस्सै हाम्फाल्नी होस्, कपडैसितै?" आत्मेले सोध्यो। "अनि के त? "गर्मी छ सुकिहाल्छ नि एकैछिनमा।" सञ्जुले हामी चुप हुनेगरी जवाफ दिई। हाम्लाई यस्ता कुरामा धेरै बेर अल्मलिन मुन लागेन र हामेरु भुते रहमा झ्वाम्मै हाम्फालेम्, मानौँ हामी लामो तिर्खाले छटपटिएको मृग थियौँ। *** *** *** सञ्जु भने हामी हाम्फाल्दा उफ्रेका पानीका बुँदहरुले कता छुन्छ जस्तो गरी हातले छेक्दै थिई। एकछिनको अलमल पछि सञ्जु बिस्तारै तल झरी र पहिला हातले पानी छुएर, "आब्बुई चिसो रैछ पानि त, यस्तो चिसो पानिमा पौडी खेल्न कस्तो मुन लाग्या होला यिनीहरुलाई?" भन्दै कता पानीले खान्छ भने जस्तो गरी छेउतिरबाट बिस्तारै अगाडि बढी। हाम्ले सञ्जुलाई पौडी खेल्नी तरिका सिकाइदिन थालियो। "यी यसरी हेर त, यो खुट्टा यसरी चलाम्नी हात यसरी यसरी, बाघ चाल हानेसी हुन्छ के। *** *** ***"कति भन्नी है। भन्दा भन्दै हैरान नि अब। "जानिनस्'। यसो गर न, ल ल म तँलाई समातेर धानिदन्छु तँ हात खुट्टा चलाए जस्तो गर् अनि सिकिन्छ नि चाँडो।" मैले उपाय निकालेँ। मैले सञ्जुलाई पौडी खेल्नी तरिका सिकाम्दै थिएँ, हैन? धेरै बेरपछि सञ्जुले "ल भो अब। नाई नाई काउकुती लाग्छ मलाई त।" भन्छे। "के भन्नी अब त्यस्तालाई नसिकाम्दा नि जान्दिन भन्छे सिकाम्दाखेरि नि त्यस्सै दोष लगाम्छे।" मैले गुनासो पोखेँ *** *** *** आत्मारामलाई डाह लागेर हो या बोर लागेर हो कुन्नि, आत्मारामले "ल अब डुम खेलम् भो।" भन्यो। पानिभित्र खेल्नी एउटा गेम थियो के, डुम हुनेले अरुलाई पानिमै पौडी खेल्दै गेऽर छोइदिनु पर्छ। अनि त्यो मान्छे डुम हुन्छ र आँफु भाग्नेमा परिन्छ। तर पानि मुनि नाक मुख डुबेको बेला (स्वास फेर्न नमिल्ने बेला) छुएर हुँदैन क्या। भाग्दाखेरि रहभन्दा बाहिर गयो भने नि उल्टै भाग्ने चाँही "डुम" हुनुपर्छ नि फेरि। हाम्ले सञ्जुलाई नियम सिकाएम् र डुम खेल्न सुरु गरेम्। तँ डुम है त दादा गिरी, ल हामी भागेम्" भन्दै आत्माराम गहिरोतिर गइहाल्यो। *** *** *** To be contd.
Read Full Discussion Thread for this article