Posted by: Dada_Giri April 8, 2005
Login in to Rate this Post:
0
?
सञ्जु काव्य
अध्याय १०
सँधै जस्तो हामी गाई लिएर आँधी पारिको अन्धा-अन्धीको वनमा पुगेम् र यसो सञ्जुको बाटो कुर्न थालेम्।
घरि हामी डिलमा बसेर हेर्थेम् भने घरि "अब त आउनु पर्ने हो, अझपनि आइन बा आज त" भन्दै चिलाउनेको रुखमाथि चढेर हेरिन्थेम्, सञ्जु आउने बाटो। आज सञ्जु र उसको माली गाई अझैपनि देखिएको थिएन। त्यसका माली गाईको एउटा बाच्छो पनि थियो है। सानै भे नि झोडी थियो बाच्छो, हान्नी सिगंले त्यस्ताले नि, के भन्नी अब, त्यै सञ्जु जस्तो चकचके न हो।
म यसो झोक्राम्दै यताउता गर्दै थिएँ, आत्मारामले चालै नपाइकन चिलाउनेको रुखाँ अडेस लगाऽर गित गुनगुनायो।
" गाई चराउने गण्डकी खोलाको तीरैमा, तीरैमा,
माया लाउनेऽ डाँडा पारिको गाँवैमा, गाँवैमा!
... ... ..."
"लाइस्, खुब माया लाइस्!?" भने मैले।
आज त के प्रलय भो कुन्नि, अझैपनि सञ्जु देखा परिन। हाम्रा त ओठ मुखै सुक्न थालिहाले नि अब।
*** *** ***
सञ्जु नआएको पिरले ओठ मुख सुक्या भन्नी कि तिरखा लाग्या भन्नी अब, मलाई साह्रै पानी कान मुन लाग्यो अनि भने।
"ए! आत्मे हिन् पानि खान जाम् ।यार!" अनि हामी तुसारेको गहीरोमा पानी खान गएम् गाईलाई यसो माथितिर लगाऽर।
झरनाको जरुवाको पानी साह्रै चिसो हुन्थ्यो के त्यहाँ त। तर हातले उवाउनै नमिल्ने कुवा भन्नी कि के भन्नि सानो खाल्डोमा थियो।
गाईले पानी खानी नि त्हीँ आऽर हो नि फेरि।
आत्मेले कटुसको पात टिपेर सोली जस्तो बनाऽर झरनाको त्यो चीसो पानी २ घुट्की खाइसकेसी मैले भने,
"म त कान्न यार यो पानी जुका पर्छन्। गाईले अघि जुठो हालेको हो। गाईको जुठो नि खान्छन्?"।
"बगेर गइसक्यो गाईको जुठो त यसबेलसाम्म नि ह्यीँ हुन्छ तलाई कुरेर बस्छ क्या हो? तेइ नि गाइको जुठो खान्न भन्छस् भने दुध पनि नका
बिहान बाच्छीले चुस्या थियो गाईको कल्चौँदो सल्चौँडो।"
मैळे नि खाएँ पानी। आत्मारामलाई जिस्क्याउन मात्र त्यसो भन्या नि सञ्जु नआऽको झोंकमा।
त्यस्तो चिसो र मिठो पानी पाएसी ह्याँ जस्तो मिनरेल वाटर र सिनेरल वाटर किन खान पर्यो, हैन? त्यस्तै ठामबाट ल्याम्नी त हो नि, हैन?
अनि हामी फर्केम् र यसो माथितिर लागेम्।
*** *** ***
फेरि एकपटक चिलाउनीको रुखमा चढेर आत्मेले हेर्यो बल्ल देका परिछे सञ्जु त तल जरुवाको चौतारी मुनि।
यसो त्यसो गर्दा सञ्जु नि आइपुगी। घराँ बुइनीले "आज त म जान्छु शनिबारको दिन छ" भनी रैछे। "हैन, तँ नजा, पढ्नु पर्छ यहीँ बसेर।" भनेर फकम्दा फकाम्दै हैरान भे
र ढिला भाऽरैछ हाम्लाई गाँठि कुरो सबै बताई नि सञ्जुले। अनि सञ्जुको फिलेम कलम दिएर फकाऽकी रैछे।
*** *** ***
'ऐ! केटा हो? काँहा छन् ध्यान तिमेरुका? कस्को हो त्यो गुरे गाई? खायो ह्वाँ मकै सकै।" टारिघरे दाइले हाम्लाई हकार्दै मास्तिरबाट आए।
आत्मारामको गाई मकैबारीमा पुग्यारैछ हाम्लाई पत्तै भे न के, ध्यान जति जम्मै उतै थिए नि अब। आत्माराम गाई फर्काउन गयो। टारीघरे दाइले
कोटको खल्तिबाट सुर्तिको धुलो निकाले र कटुसको पातमा बेरेर बिँडी बनाएर बिवडिको ठुटो कानमा सिउरीँदै खुर्पेटोबाट खुर्पा तानेर त्यो एउटा लट्ठी तिकार्दै थिए।
लट्ठी हर्छु बान्गो छ बा!
"हैन दाइ! क्यार्नी हो त्यस्तो ताल न बेतालको बान्गो लौरो? यत्रा वनाँ सोझो काठ नि पाएनौ? तिम्रा बुद्धी।" मैले होच्याउँदै सोधेँ।
"तैँले कुरै बुझ्दैनस्, त्यस्सै इस् इस सी दिएँ भन्छस्।"
"ल, क्यार्नी होला, यो बान्गो लौरी ल भन् त ?"
मसित झोक्किँदै त्यै बिँडीको ठुटो कानबाट निकाले र सल्काए, लौरी मतिर फाले।
*** *** ***
धेरै अडकल गरियो तर मैले जानिन, आत्मेले नि जानेन, सञ्जुले त जान्नी कुरै भे न।
गाँठी कुरा के रे छ भने औसेलु टिप्दाखेरि नि हुनी गाईलाई ठेगान लगाम्दाखेरि नि हुनी भनेर जानी जानी बान्गो लट्ठी बनाऽका रे छन्।
दुई काम एक पन्थ नि अब। लास्टाव जानेम् हाम्ले उनैले भनेसी।
"खै तिमेरु नि इस् इल् सि पास हुनी हो भने को हो फिल हुनी?"
हामी त राऽतो मुख लाएम् ३नै जना।
*** *** ***
के खेल्नी अब ट्याम पास त गर्नै पर्यो। गाईको चर्ने काम हो आँफै चरिहाल्छन् त्यस्तो हरियो चरणमा।
उता हाम्रो कालो गोरु भने सञ्जुको गाईसितै मिलेर चर्ने गर्थ्यो। सञ्जुको गाई जता गयो उतै पछि लाग्नी त हो नि।
त्यसैले पनि मलाई गाई चराउन धेरै सजिलो हुन्थ्यो के आत्मेलाई भन्दा।
टारिघरे दाइले गर्दा हामी हाम्रै संसारमा हराउन नि गाह्रो नि फेरि।
"गर्मी भो जाम् तल पौडी खेल्न स्कुल जाँदा १२रै मास पौडी खेल्नी गर्या बानी तल तल लागिसक्यो पौडी खेल्नलाई!"
आत्मारामले कुरा उठायो।
"जाओ! जाओ! म हेर्दिम्ला जम्मै कतैपनि जाँदैनन्।" टारिघरे दाइका जिम्मा लगा!र हामि झरेम्, भुते रह मा।
त्यो रहमा त भुतले तान्छ रे दिउसै। मैले भनिन तिनेरुलाई डराउलान् कि भन्नी पिरले।
सञ्जुले "म त हेर्नी मात्रै हो, आउँदैन पौडी खेल्न त !" भन्दै थिई। आओस् पनि कसरी? पौडी खेल्नी बेलाँ ढ्याक र स्याक खेल्दै हिन्थी।
"हाम्ले सिकाइदिम्ला! छेऊछेऊमा पौडे हुन्छ सुरुमा!" भनेर आश्वासन दिँदै कर गरेसी त मानी, पौडिन।
To be contd.