Posted by: Kedar_Sharma April 7, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
साथीहरू, नेपाली युनिकोडप्रतिको तपाईँहरूको चासो देख्दा यसमा काम गर्ने हामी सबैलाई अत्यन्त हर्ष लागेको छ। मदन पुरस्कार पुस्तकालय र भाषा सञ्चारमा काम गर्ने साथीहरूका तर्फबाट सबैलाई नयाँ वर्ष २०६२ को हार्दिक शुभकामना। आउँदो वर्षमा नेपाली भाषाको उपयोगिता र प्रयोग दुवै कुरा बढाएर लैजान सकियोस्। युनिकोडका कारण नेपाली भाषा शुद्धतापूर्वक टाइप गर्न सकिने त भएकै छ, यसका अरू उपयोगिताहरू पनि सामुन्ने आइरहेका छन्। काठमाडौँको बानेश्वर बस्ने मैले चिनेकी एकजना महिला पहिले छोरीलाई रोमनमा वि-पत्र लेख्नुहुन्थ्यो "ke chha nanu timro khabar? Jwai saab lai kasto chha....." आदि आदि। मैले लगेर युनिकोड राखिदिएपछि उहाँ नेपालीमै च्याम्पेन हुनु भएको छ र हिजो आज त उहाँहरूकी छोरी पनि नेपालीमा लेख्न थालेकी छन् अरे। नक्सालबस्ने एकजना आफन्तका छोरा बुहारी लामो समयदेखि अमेरिकामा छन्। एकदिन उहाँले भन्नुभयो "बाबू पहिले पहिले त छोराले चिठी लेख्थ्यो। चिठीमा कति कुरा भन्न सकिन्थ्यो। हिजो आज चिठीको त जमाना गइहाल्यो। त्यै इमेल हो। त्यही पनि बाबु आमाले अङ्ग्रेजी बुझ्दैनन् भनेर हो कि क्याहो, साह्रै छोटो लेख्छ।" आउने हप्ता म उहाँलाई पनि युनिकोड चलाउन सिकाइदिन्छु। आशा छ, उहाँका छोरा बुहारीले पनि चाँडै नै नेपालीमा र अलि लामो वि-पत्र लेख्न थाल्नेछन्। मैले भन्न खोजेकोकुरो के भने हाम्रो देशमा digital divide त छँदैछ language divide को खाडल पनि एकदमै फराकिलो छ। अङ्ग्रेजी भाषा नजान्नेहरूका लागि घरमा कम्प्युटर हुनु नहुनुमा केही फरक छैन। नेपाली युनिकोडले यो खाडललाई धेरै हदसम्म मेटाइदिने भएको छ। मलाई लाग्छ, ठूल्ठूला डेटाबेसमाभन्दा बढी यसको आवश्यकता घरघरमा छ। यसै प्रसङ्गमा म तपाईँहरूसित एउटा अनुरोध गर्न चाहन्छु। २०६२ मा एउटा अभियान चलाऔँ- अङ्ग्रेजीमा नलेखिनहुने ठाउँमा बाहेक अरुतिर नेपालीमा लेख्‍न थालौँ। घरमा र नेपाली साथीहरूलाई नेपालीमा नै इमेल लेखौँ। नेपालीले नेपालीलाई नेपालीमा लेखौँ भन्ने अभियान नै चलाऔँ। शुभकामना सहित केदार शर्मा
Read Full Discussion Thread for this article