Posted by: Mitra 2 April 6, 2005
Are you dead or still alive as a Nepali??(An appeal about MRI Machine )
Login in to Rate this Post:     0       ?        
यो सह्रानीय कुरा हो। यसमा साथ र सहयोगको लागि मलाई पनि गन्नु होला। रकम त ठूलो छ तर कोशिस गरेर नहुने क्यै छैन। सबैभन्दा जटिल चुनौति चै यसलाई भरपर्दो र विश्वसनीय बनाउनु नै हो। त्यसका लागि हामीले पहिले नै दर्ता भएका कुनै संस्थाहरुको सहयोग लिन सकेमा ट्याक्स ब्रेक पनि पाइने र प्रचार अनि सहभागिता पनि बढ्न सक्छ। त्यस्तै गरी सानको सहयोबाट रियल टाइम अन लाइन बैंकिङ खडा गर्न सके बढि प्रभावकारि हुन्छ। यसको राम्रो प्रचारबाजि भयो र रकम पनि राम्रै उठ्यो भने नपुग रकमको लागि सरकारसंगै बार्गेनिङ गर्न पनि सकिन्छ। अझ यसैका लागि हामी विदेशमा बस्ने नेपालीहरुले सांस्कृतिक कार्यक्रम, देउसी र भैलो खेलेर पनि रकम बृद्धि गर्न सकिन्छ। आफूलाई त सानोतिनो कुरा चित्तै बुझ्दैन, त्यसैले मलाई त न्यू युजरजी को प्रस्ताव मनासिब लाग्यो।
Read Full Discussion Thread for this article