Posted by: Dada_Giri April 6, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय ९ "ए! लौ न, के के सुन्नु पर्यो।" सञ्जुले प्रतिकृया दिई। "म त यै सुइटरमा गुट्मुटिन्छु, सिरक भन्दा नि बाक्लो छ। अरु केइ नि चाहिन्न। " सञ्जुले बित्याँस पारी र अड्डि लिई। "झन म सुत्छु बिचमा भन्दैछु कस्ती रैछिन् यिनी त ?" मैले सञ्जुलाई मनाउने प्रयास गरेँ। सञ्जुले मेरो लाखु टोपी भने मागेर लगाई र हामी सबै सुतियो। जे भे नि मेरो लाखु टोपी भने भाग्यमानी रहेछ। आत्मारामले बेलाबखत उठेर मेरो चियो गर्थ्यो, बिस्तारै मलाई छामेको हुन्थ्यो, घरि पानी खान खोजे जस्तो गर्थ्यो घरि स्कुले जिवनका गफ निकाल्थ्यो। मैले पनि ननिदाएसम्म आत्मेको चियो गर्न छोडिन। धेरै बेरपछि, आत्माराम निदाउला र मेरो सपना साकार होला भन्ने मेरो धैर्यता पनि टुटिसक्यो र मलाई झनक्क रीस उठ्यो। "ए आत्मे लट्ठुवा!, सुत अब! कति बोल्न सक्दो रैछ।" मैले रीस पोखेँ। दिनभरि यता र उता गर्दा गर्दै थाकेकोले हामी त एकैछिनमा फ्वाँ फ्वाँ निदाइएछ। *** *** *** "हरि! हरि! नारायाण!" "आज छैन ट्युसिन?", गुरु उठेर नुहाँउदै हामीलाई हकारेको आवाजले हामी उठियो र यसो बाहिर हेर्या त घामै परिसक्या। हत्तपत्त हामी उठेम् र कालो चिया पिएर टिकारामकहाँतिर हानिएम्, अग्रेंजी ट्युसन भेट्नलाई। आज बेलुका भने हाम्रो कुनै योजना बनेन। तर आत्मारम भने म प्रति चिसो महसुस हुन्थ्यो। खासै ठट्टा पनि गरेको थिएन आज त। सुतिसकेसी आत्मारामले मलाई बिस्तारै सोध्यो? "म एउटा कुरो सोध्छु, नठाँटी भन् है दादा गिरि।" "के कुरा?" म उत्सुक भएँ। "कतिखेर किन्न भ्याइस् तैँले?" "के?" म अकमकिएँ, कतै धोति फुस्क्यो कि भनेर। "तँलाई छट्टु। म लाटो छु भन्ठान्या? तेरो पाएँटको खल्तिमा के छ भन् त?" "ए! भगमान् त्यस्तो केइ भाऽ छैन। तँ निदाउलास् भनेर प्रार्थना गर्दा गर्दै मेरो रात बित्यो। झन अहिले दोष दिनी मलाई।" म हिस्स परेका निला दाँत लगाउँदै दुखेसो पोखेँ। "मलाई नि शंका त लाग्या थियो तर केई भन्नै सकिन। "हिजै देख्या भे, हेर म मानिहाल्ने थेँ नि शूभकार्यमा"। आत्माराम पनि पछुतायो। *** *** *** भोलिबाट परिक्षा सुरु हुँदैछ। हामी प्रबेश-पत्र लिन भनेर परिक्षा केन्द्र पुगियो। काजीमान-हरिटिका स्कुलमा पर्यो थियो, हाम्रो सेन्टर। "मै तोझालाई यत्तो पल्नी!" अम्बिका त बित्याँसमा पर्दै छन्। भाऽ के रैछ भने अम्बिकाको प्रबेश-पत्रको फोटो हराएको रैछ र "फेरि खिचेर लेऊ आज भरिमा" भन्यारैऽछ अम्बिकालाई। अम्बिका एकदम सज्जन मित्र हुन्, अलिअलि तोते बोली थियो उनको। अल्फाबेटमा A बाट नाम उठ्ने बाऽ हुनाले उनको प्रबेश-पत्र सुरुमा रहेछ हाम्रो स्कुलको ग्रुपको, फोटो स्टिचबाट खसेर कता पुगेछ के। तर पछि फोटो खिचेर लगेसी भने काम बन्यो तबसम्म अम्बिकाको होसले ठाउँ छोडेको थियो। हामीले सिट पनि हेर्न पाइयो। अम्बिका त बिचरा "सबभन्दा अगाडिको सिटमा नि मै पर्नी, फोटो नि मेरै हराम्नी!" भनेर निनाउरो पर्दै थिए। स्कुल फरक भए पनि सञ्जु र हामी भने नजिकै परिएको थियो। *** *** *** SLC दिएपछि पनि हामी एकै गाम ठामका भएकोले बेला बखत हाम्रो भेट हुन्थ्यो। अब के काम भो र गाई चराउन जाने त हो नि पारी अन्धा-अन्धीको वनमा। आत्माराम र म ती रमाइला दिनहरुको याद गर्दै गाई चराउन जान्थ्यौँ । र सञ्जु आउने बाटो कुरिरहन्थ्यौँ।
Read Full Discussion Thread for this article