Posted by: Ok April 4, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
सुन्दर छ नेपाल, विशाल पनि छ पूर्खा त वीर हुन तर अहिले के छ? पिएका पियै छन् दुष्ट र पापीहरुले रित्तिन के बेर यो लुछा-चुंडिले ॥१॥ शान्तिको ठांउमा क्रान्तिको बास छ अम्रितको नाउमा सोमरसको गांस छ खै कहां गयो वीर पूर्खाको कहानी? सबैले ठान्छन् आफूमात्र महानी ॥२॥ खै कहां छ आज पूर्खाको चिनारी? खै कहां गयो आज शान्तिको पगरी? सक्षम थियो देश अनि सुन्दर पनि यी सव हुदैछन् कथा कहानी ॥३॥ नेपाल हैन कसैको दिब्य देश नेपाल बन्दैन कसैको स्वार्थी भेष यो त हुनुपर्छ पवित्र जनतान्त्रिक देश नेपालीत्व त राजाफ्रि नेपालमा मात्र पाईन्छ ॥४॥ कवि- ओके, २०६१ साल शुभम् ॥॥॥॥॥
Read Full Discussion Thread for this article