Posted by: newuser April 3, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
भूपी शेरचनकै मुक्तकहरु: यो देशमा जति अरु कहाँ छ र व्यक्तिगत स्वतन्त्रता! फिका पर्छन् यसको दाँजोमा अमेरिका र स्विडेन, यहाँ त त्यो व्यक्ति पनि बन्न सक्छ प्रधानमन्त्री जसले एक रातको जुवामा गर्छ लाखौंको लेनदेन, कति सार्थक भएको छ, यो अंग्रेजभक्त देशमा आ?एर अंग्रेजीको उखान: 'नो रिस्क, नो गेन'। प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ प्रत्येक रंगीन चरालाई बनको मजुर भन्न मन लाग्छ चाकरी गर्दा गर्दै यस्ता बानी परिसक्यो कि अब त कुनै गधालाई भेटेपनि उसलाई हजुर भन्न मन लाग्छ।
Read Full Discussion Thread for this article