Posted by: SaruBhakta-II April 2, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
शुभचिन्तक जू तपाईँको दु:खले यो सरुको मन पग्ल्यो। सबै कुरा यहाँ लेख्न त म असमर्थ छु तर नेपाली युनिकोड प्रयोग गर्नको लागि अपनाउनु पर्ने सबै आधारभूत खुट्किलाहरु यहाँ छन्। * पहिला तपाईँको शुसांख्यको "चलाउने ब्यवस्था" कुन हो? * "झ्याल-२०००" हो भने यहाँ किटिक्क गर्नुस। अथवा * "झ्याल-एक्स पि" हो भने यहाँ किटिक्क गर्नुस। * त्यहाँ भएका खुट्किलाहरुको एक पछि अर्को गर्दै पछि लाग्दै जानुस। * अब तपाईँलाई कुन चाहि खुट्किलामा समस्या भयो अर्को पल्ट लेख्नु होला। यसो भयो भने तपाईँको समस्या कहाँनेर पर्यो, उत्तर दिन सजिलो हुन्छ। नत्र नेपाली पत्रिका मा आउने "स्वास्थ्य समस्या र समाधान" भन्ने स्तम्भमा जस्तै " नजिकको सम्बन्धित डाक्टरलाई सम्पर्क गर्नुस" भन्नु बाहेक अरु उपाय हुदैन, कि कसो? उहि तपाईँको, -सरु
Read Full Discussion Thread for this article