Posted by: Dada_Giri March 31, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य ६टौँ भाग SLC को परिक्षा नजिकिदै थियो। हामी धमर्धुस् लगाऽर तयारी गर्दै थिएम्, भनम् न। यत्तिकैमा एकदिनको कुरा काका मालपोत उठाउन भनेर काजमा खै कुन्नि कुन गाउँतिर जानु भो। ए! त्यो छ्यागंछ्याग्दी हो क्यार! काकाले जानु अगाडी, "दादा गिरी!, आत्मारम!, ल केटा हो सञ्जु तिमीहरुको जिम्मा छ है। राम्रोसित पढ्नु!" भनेर लाग्नु भो। दुधको साँछि बिरालो लगाएर जानु भो। हाम्ले "हुन्छ काका! केइ चिन्ता लिनु पर्दैन हजुरले!" भनेर काकालाई पठाएम्। बेलुका आत्मेले योजना बनायो। "हेर दादा गिरी, आज यसो गर्नु पर्यो।" "कसो गरम् ल भन्!" "हामीकहाँ खाना खानी जम्मै मिलेर। सञ्जुलाई नि बोलाम्न पर्यो। जोऊ बेलैमा खबर गर।" गोधुली साँझको बेला थियो, "खाना बसाल्दै राख् म लिएरै आम्छु तेललाई" भन्दै म त्यहाँबाट प्रगती नगर हुँदै सञ्जुको कोठाँ पुगेँ। प्रगती नगरका ती भुस्याहा कुकुर भुक्दै थिए, मलाई देखेर। किन हुन्थ्यो जाडोको बेला मैले लाखु टोपि लगाऽ थिएँ के अहिलेका नक्कली माओबादीले झैँ। *** *** *** " ए! सञ्जु खाना साना नबना उतै आत्मेले बनाम्दै छ। "यता नछोऊ है मलाई! " सञ्जु त नछुने भइछ। ओ हो! मलाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो।" सञ्जुपनि खुशी भै र थपी, " आज आत्मारामले पकाको नमिठओ खानाले नै चित्त बुझाउनू पर्ने भो।" म हि हि हि हाँसे र भने, "हैन त्यसो नभन मिठो छ भनेर त्यसलाई फकाउनु पर्छ अनि पकाउँछ नि केटोले जाँचको बेला पनि" मैले सञ्जुलाई सतर्क गराएँ। अनि हामेरु लागियो हाम्रा कोठातिर। *** *** *** खाना तयार भइसक्या होला भनेर हामी मुख मीठो पार्दै कोठाँ पुगेम्। सञ्जु म भन्दा नि पहिला ढोकासोका नढकढकाइकन भित्र पसी र आत्मारामलाई झसगं पारी। आत्माराम त निला निला आँखा लगाऽर त्यो दम चुल्होको बल्टु कस्दै छ बा! "हैन, के भो?" ""हेर्न यो यहाँको सानो बल्टु कता ऊड्यो कता। हतार हतारमा दम दिन्छु भन्दाखेरि के भो के के।" "हतपतेको काम लतपते! भोक लाऽ बेलाँ के के गर्छ के के यो पनि फेरि।" मैले यसो हेरेँ तर आत्मेको हातबाट टुगों लाग्ने छन्द देखिन। सञ्जुले नि भनी, "यल्लाई बनाम्न पर्छ।" म फेरि प्रगती नगरतिर लागेँ। अहिले भने ती भुस्याहा कुकुर त भुकेनन् नि फेरि। बा मलाई चिनेर हो बा अध्यारोमा नचिनेर हो। *** *** ***
Read Full Discussion Thread for this article