Posted by: jira March 30, 2005
Haamro Baa Reloaded
Login in to Rate this Post:     0       ?        
हाम्रो बा फेरी एकपल्ट अमेरिका आउनु भो यसपाला को टिकटमा आमा लाई नि छिराउनु भो पैसा अफ़िसलाई तिराउनु भो पछि छेराउछ कि बा ? भन्दा मन्द अन्कनाउनु भो माईकल ले तल्ला थप्यो कि क्या हो!..झ्याल पट्टी आखा लगाउनु भो आमा लाई कत्ति सुतेकी भनेर जिस्काउनु भो बा ले हल्का एक्स्पेरियन्स देखाउनु भो छोरा काममा गएको बेला टाउको झोल्लाएर निदाउनु भो हाफ पेन्ट लगाउनु भो, पिज़्ज़ा लाई बोलाउनु भो बार्दलि मा गएर धुवा उडाउनु भो चुरोट नखानुस, खोकि बढ्ला ज़ाडो मा...आमा कराउनु भो चुरोट हैन, मार्लबोरो हो यो...आमा लाई अल्मल्याउनु भो यो कस्को फोटो नि ?, सोफामुनि को एल्बममा देखाउनु भो बिहा त उतै गर्न पर्छ है बाबु.. आमा डराउनु भो साईलाबाको छोराको डिभोर्सको कथा सुनाउनु भो कत्ति बोलि राकि..अत्ति भएछि आमालाई आखा सन्काउनु भो बिसय परिबर्तन गर्नु भो, हालको राजनिति बुझाउनु भो आजकाल मिनेटको कति छ नि! नेपाल फोन घुमाउनु भो यसपाला त एता नि ज़ाडो नाई, भैरेदाई लाई अर्थ्याउनु भो बा फेरि ठुलो ठुलो स्वरमा कराउनु भो मल जादा आमा हराउनु भो, बा कराउनु भो काले मोरा जा नि हुन्दा रैछन...आमा डराउनु भो ब्याग भित्र हात छिराएर रुदराछ्यको माला जप्नु भो यो त क्यै नि हैन, गर्मि लागोस न..कत्ति देखिन्छन ईनका जमात बा ले यस्सै यस्सै थप्नु भो !!!
Read Full Discussion Thread for this article