Posted by: Nepe March 30, 2005
Express yourself for and against Prachanda
Login in to Rate this Post:     0       ?        
न्यूयुजरज्यू, वरिष्ट पत्रकारदेखि अतिसम्मानित बुद्धिजीवी सम्मले, नेपालमा अति बिक्ने दैनिक देखि साप्ताहिक पत्रिका सम्ममा, माओवादीमा लागेको किशोर भाई देखि बाबुराम-प्रचण्ड सम्मलाई लेखिएका केही खुल्ला चिठीहरु पढ्ने मौका पाएको छु मैले । र तिनमा केही भावुक कुराहरु, केही ललाई-फकाई र केही अविशिष्ट धम्कीहरु, संक्षेपमा भन्ने हो भने एक झारा-तिराई, भन्दा बढी उल्लेख्य कुराहरु शायदै पढें हुँला । तपाईले यहाँ बडो जाँगर लगाएर, माओवादीका दर्शन, नीति र व्यवहारलाई केलाई केलाई, उनीहरुलाई कुनै अमुर्त राष्ट्रिय आदर्शकोको आकाशमा उडाउने नभई समसामयिक वस्तुगत यथार्थको जमिनमा उतार्ने कोशिस गर्नु भएको छ । तपाईको यो कार्य सराहनिय त छँदैछ, उपयोगी पनि छ । तपाईका अन्य सामाग्री माथि मैले गरेको आग्रह यहाँ पनि दोहर्?याउछु- यसलाई अधिकाधिक पाठकहरुकहाँ पुर्?याउनुहोस् । एक प्रशंसक नेपे
Read Full Discussion Thread for this article