Posted by: newuser March 29, 2005
Express yourself for and against Prachanda
Login in to Rate this Post:     0       ?        
यतिखेर तपाईंहरु ठ्रलै संकटमा पर्नुभएको प्रतित हुन्छ। एकातिर उग्र राजतन्त्रवादीहरु एकाएक शक्तिको केन्द्रमा पुगेका छन् भने अर्कोतर्फ वावुराम भट्टराई प्रकरणका कारण माआवादीको सामरिक प्रत्याक्रमणमा सिथिलता उत्पन्न भएको प्रष्टै देखिन्छ। तपाईंहरुले जतिसुकै खण्डन मण्डन गरेपनि यि दुवै तथ्यहरु तपाईंहरुका लागि प्रत्युत्पादक भएको निश्चित छ। नेपालको केन्द्रिय शासन उदार बहुदलवादी नेताहरुले हाँक्ने बेलासम्म तपाईहरु समयको प्रवाहलाई विचारेर उनिहरुसंग दीर्घकालिन रुपमा फाइदामन्द हुने सम्झौता गर्न हिच्किचाउनुभयो। तपाईहरुको यहि कमजोरीको लाभ उठाएर प्रतिगमनकारीहरुले जनताका वँचेखुचेका स्वतन्त्रताहरु पनि हरण गर्न सफल भए। तपाईहरुले प्रजातन्त्र लुछिएकोमा जतिसुकै गोहीको आँशु बगाए पनि यसमा शेर बहादुर देउवा जति जिम्मेवार छन् त्यसभन्दा बढि माओवादीहरु जिम्मेवार रहेको प्रजातन्त्रमा निष्ठा राख्?ने हरेक नेपालीहरुले बुझ्ने कुरा हो। जेठ १९को दरवार हत्याकाण्डपछि राजतन्त्र कमजोर हुदै गएको थियो, वर्तमान राजा र त्यसमा पनि युवराज प्रति जनताको विश्वास अत्यन्त धमिलो थियो र २०४७ सालको सम्विधानमा सम्विधान संशोधनको व्यवस्था विद्यमान नै थियो। त्यसमाथी प्रमूख राजनीतिक दलहरुमा गणतन्त्रवादी वहश बढ्दै गइरहेको थियो। यि तमाम कुराहरुलाई मध्यनजर गर्दै तिनै नेताहरुसंग सम्झौता गरेका भ?ए नेपालमा हजारौ युवाहरुको रगतको खोला पनि वग्ने थिएन, केहि सिमित प्रजातान्त्रिक हक अधिकार खोसिने पृष्ठभूमी पनि बन्ने थिएन र गणतन्त्रको खुलेआम बहस गर्ने राजनीतिक वातावरण झन सफेद हुदैजाने थियो। तपाईंहरुले आफ्नो शक्तिको गलत आँकलन गर्दा माओवादीहरु त कमजोर भए भए, जनता पनि कमजोर वन्नपुगे। बितेको कुरा किन गर्नु ? अहिले पनि तपाईहरुले आफ्न गलत कार्यहरुलाई निरन्तरता दिएर निरंकुशतावादीहरुलाई परोक्ष रुपमा सहयोग पु-याइराख्?नु भएको छ। पार्टीभित्र बिचार र सिद्धान्तहरुको प्रजातान्त्रिकरण हुनुपर्छ र व्यक्तिपूजाको गलत प्रथा स्थापित हुनुहुँदेन भन्ने वावुराम भट्टराईमाथी तपाईले गरेका कारवाहीले सबभन्दा बढि घाटा नेकपा माओवादीलाई नै लागेको छ भने सवभन्दा बढि फाइदा उग्र दक्षिणपन्थी राजावादीहरुलाई मिलेको छ। डाक्टर भट्टराई र हिशिला यमीलाई निष्काशन गरिएको समाचारको जतिसुकै खण्डन गरेपनि तपाईहरुले उनिहरुका विचारलाई पार्टी हाइकमाण्ड मार्फत दबाइरहनुभएको छ र उनिहरु निरन्तर रुपमा अपहेलित भइरहेका छन् भन्नेकुरा सबैलाई थाह भैसक्यो। आन्दोलनको सुत्रपात देखिनै अनवरत पार्टीका सिद्धान्त र संगठनहरुलाई बलियो वनाउन क्रियाशिल भट्टराई जस्ता वुद्धिजीविलाई त कमरेड प्रचण्डले देखि सहन्नन भने साम्यवादलाई स्विकार गर्न नचाहने आम जनमानसमा उनको रबैया कस्तो होला अनुमान गर्न सकिन्छ।
Read Full Discussion Thread for this article