Posted by: newuser March 29, 2005
Express yourself for and against Prachanda
Login in to Rate this Post:     0       ?        
तसर्थ तपाईंहरु वास्तवमै देशलाई ठोस राजनीतिक परिवर्तन? दिन चाहनुहुन्छ भने जनवादी गणतन्त्रको रुमानी कल्पनालाई छाडेर समस्त गणतन्त्रवादी सोच राख्?ने जनसमुदायहरुसंग सहकार्य गर्ने औपचारिक घोषणा गर्नुहोस। देशमा हत्या हिंशा बढाउने भन्दा पनि आफ्ना लडाकु र कार्यकर्ताहरुलाई प्रजातान्त्रिक गणतन्त्रको सान्दर्भिकताको व्यापक प्रचार प्रसार गर्न लगाउने र नेतृत्व तहले तानाशाही राजतन्त्रको विरोध गर्ने सबै राजनीतिक शक्तिहरुलाई त्यस उपलब्धिका लागि संयुक्त आन्दोलनमा उत्रिन आव्हान गर्ने पहिलो कदम छिटो भन्दा छिटो चाल्नु मनासिव हुनेछ। तपाईहरुको सवभन्दा पहिलो काम आम जनसमुदायलाई आफूहरु आतंकवादी र उग्र कम्यूनिष्ट दुवै हाइनौ र हामी नेपालमा सामन्ति राजतन्त्रलाई तह लगाएर जनतालाई सत्ताको सर्बोच्च मालिक वनाउनका निम्ति लड्दैछौं भन्ने विश्वास जगाउनु हुनुपर्नेछ। हैन भने समयको प्रवाहले तपाईंहरुको अहिले सम्म आर्जित शक्तिलाई बगाएर निष्प्राण तुल्याई नदिकिनारको बगरमा हुत्यादिनेछ। समयको यथार्थपरक मागलाई बेवास्ता गर्ने भूल क्षणिक युद्ध उन्मादलाई आधार बनाएर कायम नराख्?न माओवादी अध्यक्ष प्रचण्डलाई एक शान्ति, न्याय र स्वतन्त्रता प्रेमी तर अराजनीतिक नेपाली नागरिकका हैसियतले मैले आव्हान गर्नुपरेको छ।
Read Full Discussion Thread for this article