Posted by: newuser March 29, 2005
Express yourself for and against Prachanda
Login in to Rate this Post:     0       ?        
देशको वास्तविकता र अन्तराष्ट्रिय राजनीतिक परदृश्यलाई पनि विश्लेषण गर्दा र तपाईहरुको सैनिक सफलतालाई बिचार गर्दा के कुरामा प्रष्ट हुन सकिन्छ भने माओवादी एक्लैले नेपालमा पारम्परिक राजतन्त्रलाई पराजित गरि जनवादी सत्ता लागु गर्न कम्तिमा अबको आधा शताव्दि सम्ममा पनि सम्भव र ग्राह्य देखिदैन। बरु तपाईका अल्पमत पक्षका नेता वावुराम भट्टराईले भनेझै प्रजातान्त्रिक गणतन्त्र स्थापनाको लक्ष्य प्राप्त गर्न राजतन्त्रको आवश्यकता नदेख्?ने सवै शक्तिहरुसंग सहकार्य गर्नु तपाईंहरुका लागि हितकर ठहरिनेछ। नेपालमा अहिले राजतन्त्रको निरन्तरतालाई आवश्यक नठान्ने मानिसहरुको संख्या बढ्दै गइरेकोछ र सम्भवत यो जनमतनै देशको निर्णायक मत हो भन्ने अनुमान असान्दभिर्क नरहला। तर देशमा कम्युनिष्ट गणतन्त्रको स्थापनालाई मान्न तयार जनमत बन्ने सम्भावना बदलिदो विश्व परिस्थितिका कारण क्रमश क्षिण वन्दै गइरहेको यथार्थलाई तपाइजस्तो राजनीतिको कुशल खेलाडी र सफल संगठकले आत्मसात गर्नेपर्ने हो। यदि लक्ष्य प्राप्ति कठिन मात्र नभै असम्भव देखिन्छ भने आफ्नो सामर्थ्य त्यसमा खर्चनुको औचित्य रहन्न। त्यस स्थितिमा लक्ष्यलाई व्यवहारिकता प्रदान गर्न आफ्ना अवोधगम्य हठहरुलाई परित्याग गरि यथार्थपरक र वस्तुनिष्ठ उद्येश्य तय गर्नुपर्छ।त्यसकारण यदि तपाईंको पार्टी साच्चैनै देशलाई व्यवहारिक परिवर्तन दिन चाहन्छ भने जनवादी गणतन्त्रको स्वप्निल लक्ष्यलाई पछाडी छाडेर राजाको सम्वैधानिक सर्वोच्चतालाई अस्विकार गर्ने शक्ति तथा जनसमुदायसंग सहकार्य गरि प्रजातान्त्रिक गणतन्त्रको सम्भव लक्ष्य निर्दिष्ट गर्नु तपाईहरुको राजनीतिक सुझबुझ हुनेछ। यो लक्ष्य प्राप्त गर्न शुरुमा दरबारसंग मध्यमार्गी सम्झौता गरेपनि खासै घाटा नलाग्ने कुरा राजतन्त्रको बढ्दो अलोकप्रियतासंग गासेर हेर्न सकिने रणनीतिक चातुर्य हो। यसबाट एकातिर देशमा हिंशा र रक्तपातको जोखिम पनि घट्नेछ भने अर्कोतर्फ राजतन्त्रको सान्दर्भिकता नदेख्?ने तर शान्तिपुर्वक त्यस्तो संक्रमण भएको हेर्न चाहने उदार गणतन्त्रादीहरुको समर्थन हाशिल गर्न पनि सकिनेछ। अन्यथा एक्लै शाही नेपाली सेनालाई परास्त गरि राजतन्त्र उखलेर नेपालमा कम्युनिष्ट गणतन्त्र स्थापना गर्न र अन्तराष्ट्यि जगतबाट एक्लिएर त्यसलाई निरन्तरता दिन सकिन्छ भन्ने हठ माअनोवादी नेतृत्वले लिइरह्यो भने तपाइहरुको राजनीतिक जीवन त्यसै खेर जानेछ। अनि देश पनि बाह्य शक्तिकेन्द्र र स्वदेशी सामन्तहरुको पंजामा अझ कडा रुपमा जकडिनेछ र तपाहरुले अहिलेसम्म जोडेको शक्ति पनि क्रमश कमजोर हुदै तहसनहस हुनपुग्नेछ। ।
Read Full Discussion Thread for this article