Posted by: newuser March 29, 2005
Express yourself for and against Prachanda
Login in to Rate this Post:     0       ?        
Hi, do you want to tell something to Comrade Prachanda? I have made special arrangement to let him know our opinions about him. Feel free to write what ever you want. He he he he. माओवादी अध्यक्ष प्रचण्डलाई खुल्लापत्र न्युयुजर प्रिय प्रचण्डजी, तपाइ नेपालमा पारम्परिक सैनिक शक्तिको केन्द्र दरबारलाई पराजित गरि जनवादी शासन स्थापना गर्ने अभिष्ट लिएर दशौं हजार युवाहरुलाई सशस्त्र युद्धका लागि परिचालित गरिरहेको पार्टी नेकपा माओवादीका शक्तिसाली अध्यक्ष तथा तपाईंहरुकै शब्दमा जनमुक्ति सेनाका कमाण्डर पनि हुनुहन्छ। तपाईंको नेतृत्वमा माओवादी विद्रोहीहरुले विगत एक दशकमा नेपालको मूख्यतया प्रहरी र केहि हदसम्म सैन्यबललाई पनि कतिपय युद्धमोर्चाहरुमा पराजित गरि केहि सैन्य सफलता हाशिल गरेकाले तपाईंहरुको पार्टी हाल नेपालको एउटा उल्लेख्य शक्तिका रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा परिचित भएको छ भन्ने तथ्यलाई नकार्न सकिदैन। विगतमा तपाईहरुले युद्धमैदानमा हाशिल गरेको सफलतालाई नै आधार वनाएर माओवादी विद्रोहीहरुले अनेकौ पटक देखाएका आतंकवादी चरित्रहरुका वावजूद उनिहरु देशको एउटा राजनीतिक शक्ति हुन् र उनिहरुलाई राजनीतिको मूलधारमा सुरक्षित रुपमा अवतरण गर्न दिइनुपर्छ भन्ने मान्यता मुलुकको विद्वत बर्ग र नागरिक समाजले राखेको हो। सदरमुकाम केन्द्रित सरकारी सुरक्षा संयन्त्र माथी बेलाबेलामा धावा बोली उनिहरुको अखडा केहि घण्टासम्म कब्जामा लिन सक्नु, धेरै हताहति निम्त्याउन सक्नु र हतियार लुट्न सक्नुलाई नै तपाईहरुले जनयुद्धको सफलताका रुपमा लिइरहनु भएको छ भन्नेकुरा तपाईहरु स्वयंबाट बेलाबेलामा आइरहेका वक्तव्य र प्रचारबाजीबाट बुझ्न सकिन्छ। यद्यपि तपाईहरुको जनमुक्ति सेनाले निरन्तर रुपमा सरकारी सेनामाथी ठूलो स्तरका हमलाहरु गर्न नसक्नु, सेनालाई पराजित गरेका स्थानहरुमा दीर्घकालिन उपस्थिति जनाउन नसक्नु र थोरै संख्यामा तर नियमित तवरले तपाईका लडाकूहरु सरकारी सेनाबाट मारिइरहनु पनि सिक्काको अर्को पाटोबाट देखिरहेको अर्को यथार्थता हो। दश वर्षको अवधिमा प्राप्त सफलताका कारण तपाईहरु सवै या तपाईंहरु मध्ये केहिलाई यहि जनयुद्धलाई निरन्तरता दिएर नेपालको केन्द्रिय शासन सत्ता हत्याउन सकिन्छ भन्ने आशा जागृत भएकोह हुनसक्छ। एक्लै सत्ता कब्जा गर्न सकेमा हामीले चाहेकै ढंगले शासन चलाउन सक्छौं भन्ने महत्वाकांक्षा पनि तपाईहरुमा नरहेकोहोला भन्न सकिन्न। आशा गर्नु र महत्वाकांक्षा राख्?नु अवश्य पनि नराम्रो होइन तर त्यो कतिसम्म प्राप्य होला भन्ने कुरा पनि विचारणिय हुन्छ।
Read Full Discussion Thread for this article