Posted by: Nirman March 29, 2005
Login in to Rate this Post:
0
?
आऊँदै जाँदै गर्नु यो जुनीमा,
कतै टाढा नहोस् तिमी।
जिवनका धेरै मोडहरुमा,
मलाइ नबिर्सिदेउ तिमी॥
गीत सुन्दा राम्रो लागेको थियो तर जिन्दगीमा पनि यस्तो हुने रहेछ, गीत नयाँ भए पनि गायकले मेरो भावना नै समेटेर लेखेको जस्तो। मैले उनलाई नभेटेको त धेरै भयो तर केहि भावनाहरु छन् उनका लागि केवल उनका लागि मात्र।
मैले उनलाई भेटेको पनि ७ वर्ष भैसकेको रहेछ। मेरो जीवनसाथ म भएजस्तै उनी पनि आफ्नै जीवन जिउँदै होलीन्। प्रेम त खास भन्न मिल्दैन हाम्रो सम्बन्धलाई तर पनि प्रेम भन्दा उच्च दर्जाको ठाउँ दिंदा अत्योक्ति नहोला भन्ने ठान्दछु म। कलेजमा संगै बिताएका क्षणहरु अहिले ह्याकुलामा गढेर बसेका छन् अमिट छाप छोडेर, कहिल्यै नमेटिने गरि।
हाम्रो कलेज पनि कम्ति रमाईलो थिएन। ठुलो कम्पाउण्ड भएको, किलास बन्क गरे बाहिर जानै नपर्ने, केटाहरुसंग त्यहिं ग्राउन्डमा गयो अनि मजाले दिनभरि तासपत्ति खेल्यो कि नभए टाईगर फाइभ भनाउँदो खेल खेल्यो। अरु केहि भएन भने क्याफेमा गयो अनि क्यारम कि इन्डोर क्रिकेट खेल्यो। अझ ट्याम कटेन भने बेटुकका कुरा गर्यो अनि त दिन काइदासंग बितिहाल्यो नि।
तर उनीसंग चाहिं विशेष हुन्थ्यो समयहरु, मैले आफ्नो बारे धेरै कुरा उन्कै मुखबाट थाहा पाएँ। उनी मेरो भित्री रुपलाई चिन्दथिइन्, जुन मैले नै चिनेको थिईन। मैले पनि उनका भावना बुझ्थें, र सकेसम्म उनलाई साथ दिन्थे, उनले मलाई साथ दिए जस्तै। पृथक थियो हाम्रो सम्बन्ध, साथी मात्र भन्दा कम जस्तो प्रेमि भन्दा अलि बढि जस्तो। खेल्दै हाँस्दै साथ बिताउँदै कलेज जीवन सकेको पत्तै पाईएन, भेटेको हिजो जस्तो लागेनि छुट्ने दिन पनि आइसकेको रहेछ।