Posted by: newuser March 28, 2005
Bill Gates' NEPAL visit
Login in to Rate this Post:     0       ?        
ओहो, विल गेट्सको सम्पत्ति ! विश्वका अर्वपतिबारे चैत २ मा प्रकाशित रोचक समाचार पढेपछि यसो क्यालकुलेटर थिचेको त आफैं दंग परेँ । मेरी बास्सै, बिल गेट्स ४६ अर्व ५० करोड अमेरिकी डलरका मालिक रहेछन् । उनको कुल सम्पत्तिलाई ने.रु.मा -१ डलर बराबर ७२ रुपैयाँका दरले) साट्ने हो भने ३३ खर्ब ४८ अर्ब हुन्छ । दैनिक रु. १ करोडका दरले खर्च गर्दै जाने हो भने पनि सम्पत्ति सक्न उनी ९ सय १७ वर्ष भन्दा बढी बाँच्नुपर्ने रहेछ । ५० वर्षमै सम्पत्ति सक्न चाहे उनले दैनिक रु. १८ करोड ३५ लाख खर्च गर्नुपर्छ । गेट्सको रकम उनको शरीरको तौल -अन्दाजी ७० किलोग्राम) अनुसार भाग लागाउने हो भने उनको प्रत्येक १ ग्राम तौल बराबर रु. ४ करोड ७८ लाख भन्दा बढी पर्न आउँने रहेछ । उनको सम्पत्तिलाई रु. एक हजारको नोटमा साटेर सिधा रेखा बनाउने हो भने त्यो रेखा ६ लाख किलोमिटर लामो हुन्छ जुन नेपालको पूर्व पश्चिमको लम्बाइको ७५० गुणा बढी हो । अझ रु १ को नोटमा साटेर सिधा रेखामा राख्ने हो भने त एकपटक पृथ्वी देखि सूर्यसम्म आउजाउ गरी फेरि सूर्यसम्मको आधाभन्दा बढी दुरी पार गर्न सकिन्छ । गेट्सले आफ्नो सम्पत्ति जग्गामा लगानी गर्न चाहे भने आनाको १० लाख पर्ने जग्गा पनि उनी २ लाख ९ हजार २ सय ५० रोपनी खरिद गर्न सक्छन् । सुन खरिद गर्न चाहे भने अहिलकै बजार भाउअनुसार पनि ३३ लाख ४८ हजार किलो सुन किन्न सक्छन् । गेट्सको सम्पत्ति विश्वका अन्दाजि ६ अर्ब ५० करोड मानिसलाई बराबर बाढ्ने हो भने प्रत्येक व्यक्तिको भागमा रु. ५सय १५ पर्न आउँछ, अन्दाजि २ करोड ६० लाख नेपालीलाई बाँढे प्रति नेपाली. १ लाख २८ हजार ७ सय ७० । उनको सम्पत्तिले नेपालको करिब ३० वर्षको बजेट धान्छ । नेपालका जिल्लाहरूमा मात्र बाँड्दा एउटा जिल्लाको भागमा रु. ४४ अर्ब ६४ करोड पर्न आउँछ, क्षेत्रफल अनुसार भाग लगाउने हो भने १ वर्ग किमि बराबर २ करोड २७ लाख । नेपालको कुल वैदेशिक ऋणभन्दा गेट्स एक्लैको सम्पत्ति १५ गुणा बढी छ । गेट्सको पैसाले संसारमा सबैभन्दा महगो मानिएको रोल्स रोयल कार २ लाख ३२ हजार ५ सय वटा किन्न सकिन्छ भने विश्वमै सबैभन्दा महगो मानिएको टाइटानिक जस्तेा चलचित्र २३२ वटा निर्माण गर्न सकिन्छ । हिन्दीमा सबैभन्दा महगो मानिएको 'देवदास' जस्ता ४ हजार १ सय ८५ वटा चलचित्र निमर्ाण गर्न सकिन्छ । औषत लगानी रु. ५० लाख भएका नेपाली चलचित्र त ६ लाख ७० हजार वटा निर्माण गर्न सकिन्छ । भनिन्छ, भारतीय अभिनेता शाहरूख खानले एउटा चलचित्रमा अभिनय गरेको पारिश्रमिक भा.रु. ५ करोड लिन्छन् । गेट्स उनलाई करिब ४२ हजार चलचित्रमा अभिनय गराउन सक्छन् । एउटा चलचित्रमा अभिनय गरेको ने.रु. ४ लाख पारिश्रमिक लिने राजेश हमाललाई त करिब ८४ लाख चलचित्रमा अभिनय गराउन सक्ने सम्पत्ति उनीसँग छ । कति धनी है, बिल गेट्स ! copied & pasted from Kantipur
Read Full Discussion Thread for this article