Posted by: Rahuldai March 27, 2005
Kabita
Login in to Rate this Post:     0       ?        
वैंश । 


माहूरीको उन्माद जस्तो 
क्षणिक पनि होइन । 

भूकम्पको कम्पन जस्तो 
अथाह पनि होइन । 


न सुस्केरा न आहत 
न समय न साइत । 

कसले भन्न सक्छ र रु 
कसले किट्न सक्छ र रु 


कहां कहिले किन आउंछ 
यो वैंशको घनघोर वर्षा 
जिन्दगी नै हरा भरा हुने गरी 
या जिन्दगीको अस्तित्व नै मेटिने गरी । 

खै, किन हो, यो वैंशले कसैको उमेर हेर्दैन 
अलि चांडो वा अलि अवेर भो भन्दैन । 
जुंगा रेखीको विहानीमा पनि फक्रदोे रहेछ 
मृत्यु शैयाको जवानीमा पनि पल्किदो रहेछ । 


धेरै सोंचे धेरै खोंजे 
वैंशको सारा इतिहास फोरें 
वर्षौ देखि एक्लै एकै ठांउमा कोल्टे फेरी रहें 
यसपालीको शिशिर याममा मात्र 
निस्सासिंदै चिसो रात संगै कोल्टे फेर्दा पो 
वल्ल थाहा पाएं । 
वैंश, थाहै नपाई, वूढो भैसकेको रहेछ 
वैंश, दुखेको मुटुलाई सुस्सुम्याइ रहेको रहेछ 
वैंश, एक्लै एक्लोपनमा भुनुभुनाइ रहेको रहेछ । 


अस्तु १	
Read Full Discussion Thread for this article