Posted by: Ok March 27, 2005
Why Democracy Fail in Nepal? Answer
Login in to Rate this Post:     0       ?        
नाईस जी, तपाईँको विश्लेशण सोह्रै आना मिलेन । तपाईँलाई २००७ साल र २०४७ सालमा नेपालमा पूर्ण प्रजातन्त्र आएको भन्ने भ्रम रहेछ । आजको मिति सम्म नेपालमा कहिल्यै पनि पूर्ण प्रजातन्त्र आएकै छैन । यो त खाली दरवारमा रिमोटकन्टोल राखेर कोही कोही नेताहरुलाई यसो गरी खाउन भनेर दरवारको कृपाले दिएको मात्र हो । नेताहरुलाई दरवारले कहिल्यै पनि राम्रो काम गर्न दिएन । नराम्रो काम गर्नलाई दरवारले नै लगाएको हो । माओवाद पनि प्रजातन्त्र असफल पार्न दरवारको मलजलमा सुरु भएको हो । पछि मात्र आफू विरुद्ध युद्ध सोझिन थालेकोले दरवार यस्को विरोधमा लागेको हो । सवैलाई असफल पारेर सधैं आफ्नो स्वार्थ सिद्धमा लिप्त दरवार नै नेपालमा नेपालको डेमोक्रेसी फेल हुनुमा १००% जिम्मेवार छ । "नेपालमा अव पूर्ण प्रजातन्त्रको अन्तिम लडाईँ लड्नु वाहेक अन्य कुनै उपाए छैन" --------- ओके
Read Full Discussion Thread for this article