Posted by: Mitra 2 March 24, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
मैले पनि यो साझाकै मित्रहरुबाट युनिकोडमा कसरी टाईप गर्ने भन्ने जानकारि पाएको थिए। समय लागे पनि नेपालीमा टाईप सिक्ने हौसला जरुर बढेको छ। केदारजीको सहयोगि भावना ज्यादै सह्रानिय छ। आशु धन्यवादका पात्र हुनुहुन्छ। अझ जानिसकेकाहरुले शुद्ध कसरी टाईप गर्ने भन्ने कुराहरु पनि यहां प्रस्तुत गरे सुनमा सुगन्ध हुने थियो। मैले लेख्न नसकेका कुराहरु यस प्रकार छन्। '-याल' लेख्दा 'र्याल' हुन्छ। त्यो आधा 'र' कसरी लेख्ने? 'लेख्दा' आधा 'ख' आउंछ तर 'लेख्ने' मा आउदैन। 'लेख्ने' भनेको 'लेख्रे' जस्तो देखिन्छ। यसलाई सही तरिकाले कसरी लेख्ने? केदारजीले यसलाई विविध तरिकाले लेख्न सकिन्छ भनेर माथि नै भनिसक्नु भो। कसरी भन्ने पनि लेख्नु भए राम्रो हुन्थ्यो।
Read Full Discussion Thread for this article