Posted by: dodhare March 14, 2005
Baburam GONE- Prachanda ??
Login in to Rate this Post:     0       ?        
त्यो समाचार सत्य हो भने आर्मीको मनोबल त बढ्ला तर समस्या सुल्झिन्छ भनेर आश गर्नु चै बेकार हो जस्तो लाग्छ। बीबीसिले भने अनुसार माओवादी सैन्य शक्ति १० हजारको हाराहरीमा छन्। नेपाल जस्तो गरीब र बिकट देशमा सरकारले सबै ठाउंमा सुरक्षा दिन असम्भव छ। जब सम्म सुरक्षाको ग्यारेन्टी हुंदैन तब सम्म हतियारधारिको बिरुद्ध जाने कसैले आंट नगर्नु वुद्धिमत्ता हुन्छ। १० हजारको संख्याले देशको ८०% भाग आफ्नो कब्जामा छ भनेर दाबी गरिनुको पछाडि पनि यही कारण हो। जो चुप लागेर बस्न सक्दैन त्यो विस्थापित हुन्छ। त्यसैले बाबुराम फुटेर गएर मानौ माओवादीको सैन संख्या ५ हजारमा घटेपनि त्यो हतियारधारी संख्या गाऊं घरमा आतंक मच्चाउंन काफी हुन्छ। भनिन्छ नि मूर्खसंग दैव डराउंछन् भनेर। त्यसैले दीगो शान्ती त राज्य बिरोधी शक्तिले हतियार नबिसाएसम्म सम्भब छैन। र बाबुरामको समाचार यदि सत्य हो भने के बुझ्नु पर्छ भने उनीहरु फुट्न तयार छन तर हतियार बिसाउंदैनन्। यो आजको तीतो सत्य हो।
Read Full Discussion Thread for this article