Posted by: newuser March 14, 2005
Baburam GONE- Prachanda ??
Login in to Rate this Post:     0       ?        
माओवादी नेतृत्वमा र खासगरि प्रचण्ड, वावुराम र बादलबीचको आन्तरिक टकराव यसअघि पनि सार्बजनिक नभएको होइन। तर वावुराम र हिशिला यमीलाई पार्टीबाटै निष्काशित गरिदिएको (त्यो पनि अहिलेको परिस्थितिमा) भन्ने समाचार पत्याइहाल्नु त्यति मनासिब लागेन साथीहरु। पार्टीबाट अनुशासनको कारवाही गरिएको भनिएको भए सम्म ए होला क्यारे भन्नुहुन्थ्यो तर निष्काशन नै गरिएको भन्ने समाचारमा प्रशस्त अस्पष्टताको गुन्नायश देखिन्छ। जेहोस यो समाचारमा सत्यता रहेको खण्डमा शाही नेपाली सेनाको मनोबलमा प्रशस्त टेवा पुग्नु स्वभाविकै हो। तर मेरो बिचारमा चै माओवादीलाई लडाईमा परास्त गर्न सकिन्छ भन्ने सरकारी रबैया नै त्रुटीपूर्ण छ कि जस्तो लाग्छ। ल ठीकै छ पराजित भएनै भने पनि दशौं हजार नेपाली सन्तानहरुको ज्यान जाने त हो नी। त्यसकारण यसमा हामी सोझा साझा जनताले विजयोत्सव मनाउनुपर्ने कुनै कारण म चै देख्दिन। सवैका आफ्ना विचार होलान मैले मेरो कुरा राखे। हस त नमस्कार।
Read Full Discussion Thread for this article