Posted by: SaruBhakta-II March 13, 2005
Timi Meri Budhilai Kina Herchhau?
Login in to Rate this Post:     0       ?        
ल ल ठिक छ ठिक छ "दादागिरी", नेपाल आउने भए स्वागत छ, तर यो सबै अशान्तिको कारण त्यहि "सुन्दरी" हो क्या । कति कुरा नबुझ्या ? पहिले त्यस्लाई लात हानेर बाहिर निकाल न भन्या !!!!!! हा हा हा हा !!! नेपाली जाँच दिनु पर्छ, "क, ख, ग, घ" पढी बस मैले पनि संसार घुम्या, तिमी जस्तो किन फसुँ? हजार ठाउँमा पोइला गा'की, "बेस्या" कुरि किन बसुँ? मौका मिलाइ चौका हान्न, "पुन्टे" ले नि खोजेको हो फुर्सदमा "ऐस" गर्न तिम्रै बुढी रोजेको हो "क्रिस्न प्रसाद" जस्ता सन्त "सुन्दरी" कै तालमा बसे "महाराज" र "युवराज" नि त्यै "बेस्या" को जालमा फसे मान्छे मात्र होइन अब, कस्सिएछ "कालो भाले" "सुन्दरी" को वरिपरी, "कुखुरी काँ" गर्न थाले कोही धाए पर्खाल चढी, त्यस्कै निम्ति घुँडा धसे यसकै जरा उखेल्नलाई, अर्का थरी जंगल पसे ठिकै थियो पहिले बाटो, बिराएको, आज हो कि ? घुम्दै फिर्दै जंगलमा नि, त्यै मोरी को राज भो कि? अहिले भन्दा नपत्याउने, "सुन्दरी" कै भुँडि भर्ने मैले मरी शान्ति ल्याउने, तिमी आइ रजाईँ गर्ने? यहिँ बसी लड्नु पर्छ, फर्क अब छिट्टै घर "सुन्दरी" लाई लात् हान, स्वस्थ नेपाल सुरु गर भुटानीलाई जस्तै खेद्दा, आउनु पर्ला पोका भिरी नेपालको "भिसा" लिन, धाउनु पर्ला "दादागिरी" देश छाडि भाग्ने हरु, अहिले उतै सडि बस नेपाली जाँच दिनु पर्छ, "क, ख, ग, घ" पढी बस
Read Full Discussion Thread for this article