Posted by: SaruBhakta-II March 13, 2005
Login in to Rate this Post:
0
?
साथि हरु !!!
समसामयिक विषयमा प्रवेश गर्नुभएकोमा धन्यबाद। मेरो बिचार अलि फरक छ। म स्याङ्जाको गंगालाल मा वि को शिक्षक गुप्त बि क मारिएको बिषय सँग केहि परिचित छु। घटना हुन भन्दा केहि दिन अघि त्यहाँ एक माओबादी प्रतिकार समिति गठन गरिएको थियो।कुरा अलि अघिको हो, जतिबेला माओबादीले यति बद्नामी कमाइसकेको थिएन। गाउँमा केबल २-४ जना युवा मात्र माओबादीमा लागेकाथिए। गाउँमा रक्सि र तास बन्द गराउन ती २-४ जना नै काफी थिए।
त्यति बेलाको सरकारको उक्साहटमा लागेको त्यो प्रतिकार समितिको नेत्रित्व गुप्त सरले लिनु भो। उहाँ गणितको र विज्ञानको सारै राम्रो शिक्षक हुनुहुन्थ्यो। उहाँको यस लोकप्रियताको फाइदा उठाइयो। त्यो प्रतिकार समितिले ती २-४ जना युवा मध्य २ जनाको कुटी कुटी हत्या गरे। त्यसको २-३ दिन पछि नै गुप्त सर सहित २ जनाको माओबादीले नि निकै बर्बरता पुर्बक हत्या गरे।
गाउँमा अलि जान्ने सुन्ने र सबैले मान्ने भनेका शिक्षकहरु नै हुन। सबैले आफ्नो स्वार्थको लागि उनिहरुलाई नै प्रयोग गर्छन। हुन त सबै मारिएका ब्यक्ति का पछाडि यस्तै कहानी छ छैन म यसै भन्न सक्दिन। तर जे भएनि आखिर मरे को त? के ती दुबैथरी नेपाली नै होइनन् त? कसैको बहकाउमा लाग्यो भन्दैमा उसको जीवन नै समाप्त गर्ने?
एकफेर विश्वलाई फर्केर हेरौँ। शक्ति प्रयोग गरेर आतंकबाद अन्त्य भएको कुनै ईतिहास छ? यो त झन झांगिदै गएको छ। मेरो बिचारमा कुनै मानवलाई मानवले मार्नु सबै आतंकबाद हो, चाहे उसले जति ठुलो अपराध गरेको किन नहोस। चाहे त्यो माओबादी होस, चाहे त्यो सरकारी सैनिक अथवा मुक्ति सर र गुप्त सर जस्ता निहत्था मानिस। मान्छेलाई भावनाले जित्न सक्नुपर्छ, उसलाई भावनाले रुवाउन सक्नुपर्छ र उसमा भएको दानवीय अहंलाई कमजोर बनाउन सक्नुपर्छ। त्यसको लागि पाप र स्वार्थ रहित दयालु मन भएको गान्धी जस्तो नेता चाहि्छ। तपाईँहरुले पक्कै भन्नुहुनेछ यो त केवल काल्पनिक सिध्दान्त हो। हो, मलाई पनि शंकै लाग्छ, यो मानव समाजको लागि ब्यबहारिक हुन सक्छ कि सक्दैन। यदि सक्दैन भने डार्विन को "बाँच्नको लागि संघर्ष" अर्थात "ठुलो माछाले सानो माछालाई खान्छ" भन्ने सिध्दान्त लाई शिरोपर गरि टुलुटुलु हेर्नु बाहेक हाम्रो अर्को विकल्प छैन।
-शरुभक्त