Posted by: newuser March 11, 2005
MERO MAN बेचैन मेरो मन
Login in to Rate this Post:     0       ?        
Sabai Nepali le lei estai kalpana garideko bhaye त्यसैले अहिले, मलाई सत्य भन्दा कल्पना प्यारो छ। अनि कल्पनामा, मैले त असमानताको अंशबण्डा पनि मिलाएं मैत्रीभाव भए मिल्न त कति सजिलो पो रैछ मैले शान्ती वार्ताको मध्यस्थता पनि गरें घृणा द्वेश नभए निकास त क्यै हैन पो रैछ मैले राजा भएर संपत्ती राष्ट्रीयकरण पनि गरें सबैको दुःख देखे आफ्नो शुख त क्यै हैन पो रैछ मैले राजकुमार भएर क्षमा याचना पनि गरें चेतना जागे गल्ती हुनु त क्यै हैन पो रैछ मैले नेता भएर जनताको सेवा पनि गरें नैतिक भए क्षणिक लाभ त क्यै हैन पो रैछ मैले हतियार बिसाएर शान्ती स्थापना पनि गरें करुणा जगाए ब्यक्तिहत्या त असम्भव पो रैछ मैले सबैसंग हातेमालो गरेर पनि हिडें सच्चा बाटो हिंडे गन्तव्य त एउटै पो रैछ मैले देश प्रगतीको बाटोमा उक्सेको पनि देखें मात्र देशप्रेम भए विकास त क्यै हैन पो रैछ अनि मैले आफ्नो सर्वश्व लुटाएर पनि हेरें अनित्यवोध भए म भन्ने नै छैन पो रैछ। My hearfelt thanks to Mitra2 for this beautiful piece.
Read Full Discussion Thread for this article