Posted by: Mitra 2 March 11, 2005
Login in to Rate this Post:
0
?
बेचैन मेरो मन
"शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म
हरेक संवेदनालाई तठस्त भावले हेर "
गुरुजीको आज्ञालाई पालना गर्दै
म संवेदना हेर्ने कोशिस गर्छु
छोटो शुन्यतापछि उही आवाज गुन्जिन्छ
"जहां जहां असुक्ष्म संवेदना छ
त्यहां बढी नियालेर हेर । "
म फेरी कोशिस गर्छु अनि हेर्छु
छाती भित्र कहां कहां दुःखे जस्तो लाग्छ
कता कता के ले पोलेको अनुभव हुन्छ
अझ नियाल्दै जान्छु अनि प्रष्ट देख्छु
कहीं अकाल मरेका लास, कतै लुटिएका आश
अनि पुछिएका सिंदुर र अनाथ शिशु भेट्छु
कोही आशले साथ हिडेका त
कोही त्रासले भागेका भेट्छु
रक्ताम्य हात र बमको धुवां छिचोल्दै
शान्तिको किरण खोज्दै हिड्छु
कोही असमानताको लडाई लडेको
कोही देश रक्षाको नाममा मरेको
म त लड्नेहरुमा अन्यौलता र
लडाउनेहरुमा समानता देख्छु।
"जब मन भौंतारिन्छ तब फेरी
मनलाई फर्काएर ल्याऊ र हेर "
गुरुजीको आवाजसंगै झस्किदै हेर्छु
शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म
शिरमा हेर्छु न छ कुनै संवेना न त सही सोच
लाग्छ त्यो गिंडेर फालिएको टाउको मेरै थियो
ती कागजी किराले भुटेको दिमाग मेरो नै हो
आंखामा हेर्छु न छ आंशु न त सही द्रृष्टी
लाग्छ ती बगेका आंशुका खोला मेरै हुन्
झूठा परद्रृष्टिका सिकार आंखा मेरा नै हुन्
नाकमा नि छैन सुगन्ध न छ सुवास
कानमा छ मात्र चित्कार र चिच्यावट
मीठो बोली त बोलेकै छैन कसैलाई
करुणा र सद्भाव छैन जगाएको कहिल्यै
छ केवल पीडा सरिरसमा बढेको
अनि छ मुटु छियाछिया परेको
जता हेर्यो उतै दुःख बढ्छ झन झन
न छ काबुमा सधै बेचैन मेरो मन।