Posted by: ritu March 10, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
यहाँ जस्ले जे लेखे पनि एउटा कुरा चाहिं साझा छ र त्यो हो : हामी नेपाली प्रजातन्त्रमा सुख र शान्ति सँग बाच्न चाहन्छौं।प्रेम दाइ को कुरा होस या नेपाली माओवादीको, कफी को कुरा होस् या हाइफ्लाइको, नेपालट्रु या हर्क अथवा जोसुकै अरु, सबैको मिलन बिन्दु एउटै नै छ।हामी यसमा गर्वीत हुनुपर्छ कि हामी सबै देशको मायाले ओतप्रोत भएका छौं। जुनसुकै बाटो बाट गएपनि हामी देशको विकास चाहने युवा बर्ग हौं, यसमा कसैको दुइ मत नहोला।आफ्नो विचार सबैले राख्न पाउनु पर्छ र हामी ले यहाँ राखि रहेक छौँ। मेरो विचारमा देशमा अहिले भएको घटना निश्चय पनि प्रजातन्त्रको लागि राम्रो कुरा होइन।अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा न त राजा को एकतन्त्र न त माओवादीको एक छत्र नै सम्भव छ।बहुदलिय प्रजातन्त्र नै निकासको एऊटै बाटो हो भन्ने मलाइ लाग्छ।
माओवादी हरुले शुरुमा राम्रै काम हरु गरे पनि पचि चाहिं बाटो बिराए भन्नुमा कुनै गल्ति नहोला, जनता हरु ऊनिहरु को अहिलेको व्यबहारले दिक्क भैसकेका छन। केहि बोल्न पनि नहुने, मरिएला भन्ने डर, नबोल्यो सधैंको पेलाई। त्यसैले माओवादिको अहिलेको रबैया सायद कसैलाई पनि स्विकार्य नहोला। यदि यहि रबैया जारि रह्यो भने उनिहरु पलायन हुन धेरै समय लाग्ने छैन। डर र धम्किले गरेको राज टिकाउ हुदैन भन्ने निश्चितै छ।
बाबुरामको कुरा गर्दा ऊनले आफ्नो ज्ञानको दुरुपयोग गरिरहेका छन भन्ने मलाइ लाग्छ।ऊनको ज्ञान यो सफल नहुने लडाइमा लगाएर आफ्नै दाजुभाइको हत्या गर्नु भन्दा अन्य मानवोपकारी कार्य हरुमा लगाएको भए त्यो ज्ञानको सार्थकता हुने थीयो।