Posted by: Dada_Giri March 9, 2005
Timi Meri Budhilai Kina Herchhau?
Login in to Rate this Post:     0       ?        
माथिको फोटो त मकुल्लीको पो त। सरुभक्त जी। मकुल्ली सञ्चै छिन्?कविताको जवाफ मात्र है। अन्यथा नलुनु होला। ******* आलु खाएर किन फेरि दिन्छौ, पेडाको धाक? तिमी मकुल्लीसित नगरकोट थियौ म सुन्दरीसित मनकामना धाउँदा तिमी मम को स्वादमा तल्लिन थियौ मैले मनकामना माईसित सुन्दरी पाऊँ भनी भाक्दा तिमी रित्तो पर्स टकटकाउँदै थियौ मैले सुन्दरीलाई सिक्रि पहिराउँदा बसेको बिर्सौ, परालको छिँडिमा बास? आलु खाएर किन फेरि दिन्छौ, पेडाको धाक? ******* बिर्सेऊ कि तिम्ले गालाको कोठी तिमीसित सुत्ने मकुल्ली केटी पोइल गइसकी हजार चोटि मकुल्ली गई त सालीको के खोटी मकुल्ली जिस्काएर नदेऊ न, मेरी सालीको धाक? आलु खाएर किन फेरि दिन्छौ, पेडाको धाक? ******* एस एल सि दिएको त्यो साल साली सम्झी मेरा गोडा मलेको, दियौ आज याद मोरीलाई म्वाईँ खाने बहानामा जब दलेथ्यौ मेरा यी गालामा तिम्रा ती लोखर्के पुच्छ्रे दाह्री त्यतिखेरै खाएथ्यौ मेरा लात गएका दिनका किन गर्छौ बाद? आलु खाएर किन फेरि दिन्छौ, पेडाको धाक? *******
Read Full Discussion Thread for this article