Posted by: SaruBhakta-II March 8, 2005
Timi meri purba-mayalu lai herna kina chhekchhu?
Login in to Rate this Post:     0       ?        
?दादा गिरी? लेख्न्नुहुन्छ : तिमी मेरी बुढीलाई किन हेर्छौ? बिहे गरेँ सबैलाई बुढीको परिचय गराउन साझामा आएँ, सबैको बधाइ खाएँ! बुढी मेरै हो बुढीले लगाऽको सिक्री नि मेरै हो बधाइ दियौ त के भो? ठिकै भो! सिक्रि हेर्ने निहुमा तिमी मेरी बुढिलाई किन हेर्छौ? *** मेरी बुढीलाई नि गजल मन पर्ने गजल फर्माइस गरेकै थिएँ ऊ त्यो गजल सुनाउने दाइ! हैन, मीठो गजल सुनायौ त के भो? ठीकै भो! एक रुपिञाको नोट दिएकै थिएँ तर तिमी मेरी बुढीलाई किन हेर्छौ? *** सालीको फोटो देखाऊ! रे? ऊ त्यो, कन्फ्युज्ड भाइ! सालीको फोटो हेर्न मन भए मलाई भन न डिजिटल क्यामेरा मेरै हो फोटो अपलोड गर्ने म नै हो सालीको फोटो हेर्ने मन भो त के भो? ठीकै भो! फोटो पठाइदिम्ला भनकै थिएँ! साली राम्री छे भनेकै थिएँ तर तिमी मेरी बुढीलाई किन हेर्छौ? *** भाउजुको SLC कुन स्कुलबाट? रे! ऊ त्यो पुन्टुरे भाइ! जुन स्कुलबाट भए नि के भो? मैले बिहे गरेसी तिम्री भाउजु न हो? स्कुलको नाम सोध्ने भए मलाई सोध न बुढी मेरै हो भाउजुको सर्टिफिकेट मैसित छ? स्कुलको नाम सुन्न मन भो त के भो? ठीकै भो? तर तिमी मेरी बुढीलाई किन हेर्छौ? Thanks to the original writer of माइल्दाइकोचिया पसल
Read Full Discussion Thread for this article