Posted by: Mitra 2 March 6, 2005
M. J. uncle
Login in to Rate this Post:     0       ?        
१५-२० मिनेटपछि कसैले ढोका ढकढक्याएछ र ढोका खोल्दा त २ जना पुलिस पो रैछन। काका र पुलिस विच रोम्रो दोहोरो कुरा हुन नसकेपछि छोरालाई फोन गरेर कामबाट बोलाएछन। छोरालाई पक्रिन पुलिस आए भनेर अनि कारण चै नबुझेर बुढाबुढीको सातोपुत्लो उडेछ। आफ्ना छिमेकिहरु माथि कडा नजर राख्न अमेरिकी राष्ट्रपतिले गरेको आव्हानप्रति उनी अनभिग्य नै थिए। भाषा नबुझ्ने, लवाई खवाई नमिल्ने, पहाडिया भएपनि छालाको रंग गाढा कालो भएका एम. जे. अंकलले सार्वजानिक ठाममा वच्चालाई नाङ्गै लगेको, गुप्ताङ्गमा स्पर्श गरेको, जवरजस्ती चुम्बन गरेको र नावालकलाई हातपात समेत गरेका सबै आफ्ना गुनाहरु हुन भन्ने उनलाई अत्तोपत्तो थिएन। नातीलाई कति मांया र ममता दिएर अनि पुल्पुल्याएर हुर्काएका छन भन्ने अनुमान त केवल हामीलाई मात्र थियो। यत्तिसम्मकी कसैको जुठो नखाने काका नातीको जुठो भने अति प्रीय मानेर खान्थे। छोराछोरीले रक्सीको नाम लिएको समेत मन नपराउने जंगवीर काकाले नातीलाई वाईन चखाउन समेत पछिपरेका थिएनन्। छोरा-बुहारी हत्तारिएर घर आइपुगेपछि एम. जे. अंकलको शाहस र त्रास दुबै बढेछन्। त्यतिबेलासम्ममा पुलिसले साह्रा घर खान्तलास गरिसकेको रैछ। छोरा-बुहारीलाई छुट्टै कोठामा लगेर साह्रा प्रमाण देखाएर केरकार गर्न थालेछन्। पुलिसले वच्चाको क्रीबमा चै खेलाउना र अरु सामान थुपारेर उसलाई आफूहरुसंगै सुताउने गरेको, बाजे-बज्यैले वच्चालाई नाङ्गै पारेर पुरा गुप्ताङ्ग आफ्नो मुखमा हालेको, अरु विभिन्न सम्वेदनशील ठाउंमा चुम्वन गरेको, बाजेले केवल धोतिमात्र लगाएर नातीलाई घुगुती खेलाएको, आफू मात्र घोडा नबनेर नांगो नातीमाथि आफै घोडा चढेका तस्वीरहरु औल्याउदै आज बाहिर घटेको घटना र त्यसबारेमा छिमेकीको कडा प्रतिक्रिया समेत बेलिबिस्तार लगाएछन्। छोरा-बुहारीलाई यो कुरा बुझ्न केही समयै लागेन र पुलिसलाई के भनेर सम्झाउने भन्ने अप्ठेरो परेछ। धेरै समय लगाएर आफ्नो छोरालाई सारिरिक तथा मानसिक रुपमा केही हानी नपुगेको र कसैले उसको यौन शोषण नगरेको दाबी गरेर केवल हाम्रा फरक संस्कृति, मुल्य र मान्यताका कारण यो भ्रम उत्पन्न भएको भनेर सम्झाएछन। पुलिसले कुरा बुजेझै गरी टाउको हल्लाए पनि उनीहरुको मुहारमा अन्यौलता प्रष्ट झल्क्याथ्यो रे। बल्ल बल्ल पुलिस फेरी यस्ता कृयाकलाप नदोहोर्याउन अन्तिम चेतावनी दिदै हिडेछन्। पुलिस हिंडेपछि ढुक्कको सास फेरेका काका काकीले घटनाको गुदी थाहापाएपछि नेपाल फर्किन आ-आफ्ना गुन्टा कस्न थालेछन्। अब छोरालाई बाउ-आमालाई सम्झाउन पुलिसलाई भन्दा गाह्रो परेछ। तिमीहरु सबै अहिल्यै नेपाल हिड भनेर बाले थर्काउन थालेछन् भने आमा चै अब यो अमेरिकामा देख्न बांकी केही रहेन भन्न थालिछन्। अन्त्यमा छोरा-बुहारीले ३ महीनापछि नातीलाई साथमै नेपाल पठाईदिने बाचा गरेपछि बुढाबुढी फर्किने दिन गनेर बसिराख्या छन्। अजकाल पनि काका-काकी नातीलाई बाहिर घुमाउन निकाल्दा स्पेनिस, काली, रसीयन आमाहरुलाई चै ?हाई? भन्छन रे तर एउटी गोरीलाई भने ?हाई? फर्काउदैनन् रे।
Read Full Discussion Thread for this article