Posted by: Mitra 2 March 6, 2005
M. J. uncle
Login in to Rate this Post:     0       ?        
त्यो दिन पनि के को सुरमा बिना सुरुवाल केवल दौरा र भित्री भोटोको भरमा एम. जे. काकाले केटालाई प्लेग्राउण्डमा लगेछन्। जाडोको महीना भएपनि घाम चर्को लागेकोले अरुले पनि आ-आफ्ना केटाकेटीलाई लिएर आएका रैछन्। अब त्यो ३ वर्षको नाङगो नातीलाई डोर्याएर जांदा कतिले नाकमुख खुम्च्याए हाम्लाई थाहा हुने कुरै भएन भने उता एम. जे. अंकलले पक्कै वाल दिएनन् नै। प्लेग्राउण्डमा भिड भएर हो या किन हो कुन्नी नाती बुडाउ नै छेवैको फलैचा (बेन्च) मा गई बसेछन्। एकछिन पछि बुडाउलाई बोर हुने नै भो र उता नाती चै सकि नसकि अंग्रेजीमा अरु केटाकेटीसंग सार मिलाएर बाजेकै छेउमा बसिबसि चिच्याउन थालेछ। घरमा सबैले नेपाली नै बोल्ने र त्यसमाथि पनि प्रायः सधै बज्यैकै काखमा खेल्ने नातीले ठेट पूर्वेली वोली टिपिसकेको थियो। साथसाथै कार्टुन हेरेको भरमा नेपाली मिसिएको अंग्रेजी पनि बोल्न थालिसकेको थियो। ठट्टा गरिरहनुपर्ने काकाले एक्कसि बसिरहेको नातीतिर हात लम्काएर उसको पप्पी समातेछन र त्यो हात आफ्नो मुखमा लगेर च्वाप्प आवाज निकाल्दै म्वाई खाईदिएछन्। अरुनै कुरामा रमाई रहेको नातीले अंग्रेजीमा ?नो? भनेर कराएछ। एम. जे. अंकलले ?नो? को अर्थ ?नाई? भन्ने बुझेपनि यहां त्यो शब्दको गहिराई कत्रो छ भन्ने चै पक्कै बुझेका थिएनन् र उनलाई त्यसको दोष दिन पनि मिल्दैन। त्यसैगरी मायां गर्दा अरुबेला ?फेरी? भनेर हांस्ने नातीले यसपाली एक त मान्छेको अगाडि ?नो? भनेर कराउनु अनि त्यसमाथि आफूलाई बेवास्ता गरेकोमा काका खिन्न भएछन्। स्थितिलाई सहज बनाउनलाई एम. जे. अंकलले नातीलाई त्यसोभए मलाई यहां माया गर भनेर आफ्नो मुखतिर औल्याएछन्। फेरी पनि नातीले बाजेतिर नहेरी केटाकेटीतिर आंखा दौडाउदै नाई भनेछ। त्यसोभए म तलाई दाह्री दलिदिन्छु भनेर धम्क्याएछन्। त्यति गर्दा पनि नाती आफूप्रति आकर्शित नभएपछि दुबै हातले नातीका गाला अट्ठ्याएर आधासरो फुलेका जुंगादाह्री गाढिने गरी च्वाप्प मुखमा म्वाई खाईदिएछन्। बाजेलाई आफ्नो मुखबाट पन्छाउंदै नातीले ?स्टप इट? भनेर कराएछ। उता काकाले चै नातीले ?स्टुपिड? भन्यो भनेर चुरमुरिएछन्। घर बाहिर नातीको आचरण वदलिएको असह्य भएपछि रीसको झोकमा लौ खा त म तंलाई यहां खेलाउंदिन भनेर टपक्क टिपेर आफ्नो कोठातिर लगेछन्। केटाकेटिको माहोलमा रमाइरहेको नाती घरतर्फ जबरजस्ति लगिएपछि खुट्टा फ्याकेर भर्याक-भर्याक गर्दै रुन थालेछ। थामिनसक्नु भएपछि उनले आफ्नो वशमा ल्याउन बाटैमा नातीको नाङ्गो चाकमा एक थप्पड लगाइदेछन्। उनको भनाई अनुसार भाको कुरो यत्तिनै हो।
Read Full Discussion Thread for this article