Posted by: Dada_Giri March 2, 2005
च मे
Login in to Rate this Post:     0       ?        
"ए! केटाहरु! थुइक्क लाज नभाको नकच्चराहरु!" भन्दै आउँछे बा, त्यो उत्ताउली के भन्नी अब चलन नजानेसी। अनि हामेरु त अब बरबाद गरी यो चम्कौलीले भनेर कसैले हतार हतारमा कट्टु लगाए, कोही ढुगांमुनि लुके, कोही भने त्यहीँ पानि मुनि थचक्क बसे टाउको मात्र देखाएर नि अब। बित्याँस परेन? "ए! सन्जु! नआइज के कस्ती होस्।" भन्दै थिएम् उ त झन लाइदिए झैँ गरेर हाम्रा झोला, कपडा राखेको ठाउँमा आउँछे। अनि "यो पाएँट कस्को हो? आत्मारामको जस्तो छ। यो नि यो? यो पक्कै दादा गिरीको हो।" भन्दै हामी २ जनाका पाएँट साएट लिएर बसी मजाऽले। घरि "ए! सन्जु दिदी नगर न !" घरि "ए! सन्जु छँडुली!" भनेर गाली गर्छु ज्यान गए मान्दिन बा। एकछिनपछि अरु केटाहरुका भने कपडा सपडा फाल्दिई। लगाऽर जाओ भनेर। हामी २ जनालाई मात्रै किंकर्तब्यबिमुढ पार्दिई। सबै स्कुलतिर गए। हाप ट्याम् साप ट्याम नि सकियो। घण्टी बज्यो। गोबिन्दले भने ऊ परबाट हेर्दै थियो नि हाम्लाई। जे भे नि साथि हो नि। हामी भन्दा जुनियर हो। एकाँ थियो त्यो त्यतीखेर। अनि घण्टी लाऽको सुनेसी सन्जुले लाओ थुइक्क मोरा हो, भन्दै हाम्रा पाएँट फाल्दिई हामीतिरै। त्यतिबेलासम्म हामी पानि मुनीको मुनी नि अब के भन्नी चम्कौलीका फेला परेसी। अनि तेल्ले ह्वात्त पाएँट फालेकी त हाम्रा पाएँट साएँट खोलाँ परेर भिजे। लौ खा! अब परेन फसाद? अनि गई त्यो किलासतिर छौडिँदै। हाम्ले गोबिन्दलाई बोलाएम्। अनि गोबिन्दको हाफ पेन्ट मागेर मैले लगाएँ। आत्मारामको पाएँट भने अलि कम भिज्या थियो। तेइ नि आज नि फेरि भागेर घरतिर जानु पर्छ क्यारे भन्ने कुरा नि गरियो। यसो त्यसो गर्दा गर्दै आत्मारामको पाएँट त सुक्यो। अनि गएम् किलासमा। त्यतिखेर हाम्रा स्कुलाँ ड्रेस स्रेसको मतलब थिएन । पाएँट, हाफ पेन्ट जे लाए नि हुन्थ्यो। हामी किलासमा गएर छिरेम्। काँहा गएर आयौ यसबेला? भन्दै थिए सरले। हैन सर, हैन, पानी खाऽर आम्दाखेरि ढिला भो, भन्दै खुसुक्क बसेम्। सन्जु छँडुली भने खितितित्त हाँस्दै थिई। बेलुका फेरि सँगै फर्कियो। त्यो २ हप्टामा हाम्लाई सन्जुले कम त सताइन नि बा!
Read Full Discussion Thread for this article