Posted by: Dada_Giri March 2, 2005
च मे
Login in to Rate this Post:     0       ?        
Sanju Kahani III (Swimming) अँ, अनि सन्जुले उसका संगिनीहरुलाई औसेलु बाँडेर दिई जे होस् अलि अलि भे नि चाख्न पुग्यो सबैलाई। हिजो किलास छोडेर भाग्या उपति सबैले चाख्न पाए। अनि हामी वनाँ गऽको भन्नी प्रमाण पनि पुग्यो भनम् न। हुन त के नै प्रमाण चाहिन्थ्यो र? तेइ नि प्रमाण नै भनम् न एक प्रकारले। सन्जु छँडुली नै भे पनि कुनै कुनै कुरामा त ठीक थीई फेरि। थोरै थोरै भे पनि औसेलु बाँडेर सबैलाई पुर्याई के किलासका सप्पैलाई। तेत्ति भे नि एउटा गुन थियो त्योसित। आज भने पानी सानी पर्या थिएन, हाप ट्याम भएसी हामि केटाहरु पौडी खेल्न आँधी खोलातिर लागेम्, केटीहरु भने उही त हो नि सँधै झैँ "Am I rihgt?" खेल्नतिर लागे, नजिकै खेताँ गेऽर। हाम्रा स्कुलको चलन नै यस्तै थियो, केटा र केटी छुट्ट्याउने मापदाण्ड नै भने नि हुन्छ ल यसलाई. केटी जति ढ्याक खेल्नी, केटाजति पौडी खेल्नी। जाडोमा भने पौडी खेल्नलाई पानी नै चिऽसो हुन्थ्यो खोलाको, अनि हामेरु बल खेल्थेम् नाई झुम्राको, लाबर(Ruber)को बल किन्न त पैसा भे पो त , तर लाबरको बलले बढि दुख्नी के फेरि ड्याम् कि ड्याम् ढाड सेक्ने गरी हिर्काउने खेल खेलिन्थ्यो। हामी केटाहरु भने सँधै जस्तै पौडी खेल्न भनेर गइयो खोलातिर। उही त हो नि त्यो उमेरमा कपडा सपडा जम्मै खोल्नी हो के रे फेरि। केटीहरु खोलातिर आउने चलन नै थिएन लाज मानेर। त्यो सन्जुलाई के थाहा? ढ्याक खेल्दाखेल्दै दिक्क लागेछ अनि आई यता हामेरुतिर।
Read Full Discussion Thread for this article