Posted by: Dada_Giri February 25, 2005
Login in to Rate this Post:
0
?


हाम्रो बोलचाल बन्द नै थियो, उनीहरु बाग्लुगंतिर गएसी हाम्रो भेट हुनै छोड्यो। तेइ नि तिनेरु गएसी मलाई उदेक लाग्न थाल्यो। नबोले नि रमाइलो नै भा रेछ।
अनि यो पारसी भाषा एक कान दुई कान मैदान गर्दै सकुलभरि प्रचलनमा आयो १,२ महिनालाई, आत्माराम र मेरा फेला परेसी के बाँकी हुन्थ्यो।
दशैँको दिन आयो, हामेरु टिका लाउनलाई लोकराज काकाकहाँ गाएम् सप्पै मिलेर।
नगएर नि क्यार्नू? त्यो सन्जु छँडुलीको घर नै सेन्टर बन्छ के दशैंमा । त्यसकी हजुरआँ ८४ वर्षकी बुढिमाऊ लोकराज काकासितै बस्थिन्। जानै पर्यो , म नि गएँ म नि लुत्रुक्क पर्दै।
त्यसका घराँ त त्यो टिकाको थालीमा कस्तो नयाँ नयाँ एक रुपियाँका नोटको बिटो हुन्थ्यो। कर्मचारी मान्छे ब्याकंबाट साटसुट पारेर ल्याम्थे नयाँ नयाँ नोट। बुइनीहरुलाई भने टिका लगऽर ती नयाँ नयाँ एक एक रुपीयाँका नोट दिएर ढोगे। मलाई नि त्यो नयाँ एक रुपिञाँको नोट लिन साह्रै मन लायो, अनि भने काकालाई, ?काका मलाई नि एक रुपीयाँ चाहिन्छ।? भने,
?हा हा हा तँ छोरो मान्छेलाई नि दक्षिणा चाहियो? तैँले त औँश पाउलास् नि? ला गोडाँ ढोग!?
केटीहरुलाई भने ढोगेर एक एक रुपिँयाको नयाँ नयाँ नोट दिनी हाम्लाई नदिनी? त्यसै माथि हाम्ले गोडाँ ढोग्नु पर्ने, यो के पक्षपात हो। मलाई चित्तै बुझेन।
?काका, मलाई औँश सौँश चाहिन्न एक रुपियाँ नै चाहिन्छ।? म झण्डै रुन लाग्या थेँ। सन्जुले मलाई सानो स्वरले जिस्काइदिई।
?च रुन् च चे!?
अनि दगुर्दै माथि गई। म पैसा नपाऽको झोकमा बाहिर निस्केर यसो माथि हेर्या त माथि बार्दलीमा बसिरैछे, हातमा पैसा लिएकी थी। मलाई जिसक्याउँदा झर्यो त्यसको हातको एक रुपियाँको नोट त। मैले नि टिपेर लिएँ अनि ?च पु च ति च खा!? भन्दै कुलेलम ठोकेँ हाम्रा घरतिर।
त्यो रुँदै थी।