Posted by: Dada_Giri February 25, 2005
Login in to Rate this Post:
0
?


म भन्दा मेरो साथि आत्माराम धेरै चलाख थियो यस्तो पारसी कुरामा। हाम्ले नि फाट्टे फुट्टे पारसी बाषा बोलने गर्थेम्, कहिले उल्टो कहिले पाल्टो पार्दै तर यो बाषा भने थाऽ थे न।
म के होला भनेर घोरिँदै थेँ। आत्मारामले बिचैमा प्याच्च भन्यो।
?ए! यो केटीले **खा भनेकी।?
आत्मारामको कुरा सुनेसी सन्जु त लाजले भुतुक्क भई। गाला साला राऽता भए र लाजले लुटुपुटु भई लज्जावती झारलाई छोए जस्तो भो, भनम् न।
सन्जुहरु त यो स्कुलमा अस्थाइ रुपमा आका रे छन् काकाको पुतलिबजारबाट बागलुगं सरुवा भे र २,४ दिन ठेगान नलागुन्जेलसम्मलाई आका रे छन् पछि थाऽ लागो हाम्लाई तिनेरु बाग्लुगंतिर गइसकेसी।
म त रुनु न हाँस्नू नि अब, किंकर्तव्यबिमुढ भइहालेँ।
?ए! कस्ती हुन् बाइ यिनी त के भनेकी राइँला बुवाका छोरालाई।?
सन्जुकी साथिले नि भनी।
लोकराज काका र हामी भनेका एकै गामका १३ दिने दाजुभाई। ज्युँदोको जन्ति मर्दाको मलामी भन्छन् नि, हो त्यस्तै। तर घर भने अलि पऽर थियो।
अनि म त बोल्नै छोडिदिएँ सन्जुसित। त्यतिखेर हाम्रा स्कुलमाँ कस्तो चलन थियो भने, २ जना झगडा गरेर बोल्न छोडे भने, अरुले बोल्न लगाउनै। शान्ति वार्ता भनम् न एक किसिमको, सबैको मध्यस्ततामा।
अनि हाम्लाई नि मिलाउन भनेर सबैले भरमग्दुर प्रयास गरे। म ज्यान गए, बोलिन।
?तेल्ले मलाई त्यस्तो भन्नी। त्यो छँडुली कै गल्ति छ। म किन बोल्नी? त्यो डान्ग्रेले माफि नमागेसम्म म बोल्दै बोल्दिन लौ जा।? भनेर लिँढे गिरिजे ढिपी गरेँ।