Posted by: Dada_Giri February 25, 2005
च मे
Login in to Rate this Post:     0       ?        
पारसी भाषा बाहिर मजाले सिमसिमे पानी पर्दै थियो। केटीहरु सँधै जस्तै ?एम् आइ राइट?? खेल्दै थिए किलास भित्रै। हामेरु त्यतीखेर २ किलासमा थिएम् कि जस्तो लाग्छ।मैले कति भने तिनीहरुलाई किलासभित्र यो ढ्याक स्याक नखेल, भनेर । मलाई टेर पुच्छर लगाएनन्। म भनेको त्यतिखेर मइन्टोल (Monitor) थेँ किलासको। मलाई नटेर्नी तिमेरुले। मलाई झनन रिस उठिराऽ थियो। मलाई सबभन्दा नटेर्नी त्यही हो लोकराज काकाकी छोरी, सन्जु। मैले होमवर्क भन्नी कि के भन्नी त्यो नैतिक शिक्षाको हो कि पुर्व व्याबसायिको हो कुन्नि ?एस्ट्रे? को चित्र कोरेर बस्दै थेँ , त्यो सन्जुले पछि फर्केर टाउकोमाथिबाट ढ्याक फाल्दै थी। मेरो नजिकै आयो ढ्याक। मैले नि निहू पाइहालेँ। ?ए! केटि, यता हानिस् ढ्याकले यहाँ होमवर्क गर्न लाका बेलाँ। मैले त्यसको ढ्याक स्याक सितितित्त फाल्दिएँ, तल खोलाँ पुग्नेगरी। सन्जुले मूख छोडीहाली मलाई। ?ए केटा! च मे च रो च* च* च खा!? भनेर भनी, के भनेकी होली यो केटीले म त बिलखबन्दनमा परेँ बुझ्नै सकिन। ?चमेरो रे?? मलाई चमेरो भन्नी तँ आँफै डान्ग्रे जस्ती छस् नखर्माउली भन्दिएँ। हाम्रा स्कुलाँ यस्तो पारसी भाषा आएकै थिएन। सन्जुहरु पुतलीबजार पढ्ने गर्थे। उतैबाट आगन्तुक रे छ भनम् न यो भाषा।
Read Full Discussion Thread for this article