Posted by: Dada_Giri February 21, 2005
For a Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        
यसमा परिवर्तन हुनुपर्छ नेपालको झण्डा भन्दा पनि पहिला। कि कसो ल भन्नुस् छातिमा हात राखेर। हामीले यो गीत गाएर नेपालि खेलाडीहरु बिदेशि भूमिमा मुकाबिला गर्न सुरु गर्नु अगाडि गाउने राष्ट्रिय गीत यस्तोमा चित्त बुझाएर बसेका छम्। यसमा परिवर्तन त हुनै पर्छ। राष्ट्र, राष्ट्रियता, राषट्रिय अखण्डता, राष्ट्रिय बिभुँतीहरुको सम्मान झल्किने खालको गीत हामीलाई चाहिएको छ जुन गित हिमालदेखि तराईसम्म, मेचिदेखि कालीसम्मका सबै नेपालीहरुलाई मान्य होस्। अब कुरा रह्यो झण्डाको। तपाईँले त आयात र ढाँचा पनि बताइसक्नु भो आफ्नो बिचारको। तर मलाई त्यो पनि अधूरो लाग्छ। सगरमाथा, गुँरास र डाँफे भन्या त नाम्चेबजारमा एकै ठाउँमा पाइने कुरा हुन्। हैन यसले आम नेपालको प्रतिनिधित्व गर्ला र? अनि शहिदको रातो रगतलाई खोलैखोल बगाउने? कि सुकेर गयो, निलो शान्तिको रगं नि फेरि, फालीहाल्न नपर्ला कि? अनि त्रिकोणाकार बनाउने कि चतुर्भाजाकार, यसबारे यहाँको के बिचार होला? मेरो बिचार पछि भन्छु है।
Read Full Discussion Thread for this article