Posted by: Dada_Giri February 11, 2005
Udaayo Sapana Sabai ...
Login in to Rate this Post:     0       ?        
मालढुगांमा पुगेसी ट्याउसी पनि रोक्यो र अरु २ जना ठिटाहरु भने त्यँही झरे। हामी भने माथि बाग्लुगं बजारपनि हेरम भन्ने मन भएकोले झरिएन। बाग्लुगंबजार पुगेसी हामीहरु झरियो ट्याउसी बाट र पैदल हिँड्न थालियो। बजार हेर्दै हेर्दै अगाडि बढियो। बजार सकिएसी हाम्रो अगाडि खच्चरहरुको ताँती थियो, पछाडि एकजना दाइ विदेशी पर्यटकसित अगांलो मार्दै मार्दै अघि बढ्दै थिए। हाम्ले तिनिअरुतिर यसो हेरेम् अनि फेरि आँफैलाई लाज लाग्यो र अनि आफ्नै धुनमा व्यस्त हुन थाले जस्तो गरेम्। बजार भन्दा अलि तल्तिर पुगेसी कालिको किनारमा एउटा सानो चौतारी आयो। हामीले यसो थकाइ मार्ने चेस्टा गरेम् र त्यहीँ वर-पिपलको छहारीमा ढुगांको धुलो सुलो यसो उडाउँदै फुकेर थचक्क बसेम्। यसो पारितिर हेर्या त गण्डकी पारी मोटर बाटो खन्ने क्रम जारी रहेछ। तर गति भने एकदमै कम नि अब के भन्नी हाम्रो देशको विकाशको गति न हो, सप्पैलाई था भएकै कुरा हो कस्लाई के भनम् मनको बह कसेलाई नकह।
Read Full Discussion Thread for this article