Posted by: Dada_Giri February 10, 2005
Running for Political Office?
Login in to Rate this Post:     0       ?        
म्याउटिस रोजलाई अहिले आएर पोलिट्युस खेल्न मुन लागेछ। सप्पै नेतालाई थुन्यो खत्रि माइलाले, अब मेरो चानस छ भनेर मौकामा चौका हान्न खोज्या जस्तो छ। ल अब स्वच्छ राजनिति शुरु गर्ने नै हो यदि भने मेरो पनि आलोचनताम्मक स्वागत र सहयोग हुनेछ। एउटा पाटी खोलिहालम्। अब कहिलै घुस नखाऽको नेपालीहरु मात्र हाम्रो पाटीमा छिर्न पाउँछ। भनेसी हाम्रो पाटीमा निम्नलिखित व्यक्तित्वहरु मात्र वास बस्न पाउने छन्। १) भ्रस्टाचार नगरेको नेपाली, भनेसी १६ वर्षमुनिका बच्चाहरु मात्र परे अरु सप्पै गए खोलैखोल। २) भर्स्टाचार गर्नेका छोराछोरीहरुलाई प्रवेषाज्ञा अथवा इजाजत हुनेछैन भनेसी ५०% गए फेरि यहाँ आएर। ३)माओबादीका बच्छाहरुलाई प्वेश निषेध, भनेसी अरु ४०% गए। १०% बच्चाहरु मिलेर कस्तो पाटी होला खै? नाम पो के राख्ने? The Democratic Republican Conservative VOID party! झण्डा कस्तो राख्ने खै? तल चेपागाँडा माथि डण्डि बियो दायाँतिर माथि हुकुमको एक्का! प्रेसिडेन्ट: poonte! ए साँच्चि नाबालकले राजनैतिक पाटी दर्ता गर्नै मिल्दैन। लु खा!
Read Full Discussion Thread for this article