Posted by: Nepe February 6, 2005
Do we have any right person to run the country?
Login in to Rate this Post:     0       ?        
यो महेन्द्रमाला नि गजपकै विद्या रअछ । यो एकबाजी पढेसी यसको टुनाले बाँचुन्जेल नछाड्ने रअछ । चाहे Cambridge, चाहे Harvard, चाहे McGill, चाहे Tokyo पुगुन, महेन्द्रमालाको नशा उत्रने नाई । माला झै घाँटीमा झुण्डेको झुण्डेई हुनी भअर नामै महेन्द्रमाला राख्या होला । ज्ञानेन्द्रले उसकै बाउको बिंडो थाम्या दिन देखुन साझाका धेरैजसो धागाहरुमा महेन्द्रमालाकै पाठहरु पड्न पाईन्छ । एउटै मान्छेले दर्जनौं उपनाम राखेर निक्लेका नयाँ चेपागाँडा clones मात्र हैन महेन्द्रमाला विद्यालाई hibernation मा राखेका केही पुराना भ्यागुताहरुका छपाईमा पनि । Anyway, तपाईले गिरिजे माधे वर्गको बलमिचाईतन्त्रको कुरो उठाम्नु भो । त्यो त यी बज्जेहरुको हरिबिजोगतन्त्रको एउटा पाटो मात्रै हो । अर्को पाटो चाही यिनीहरुको अशक्तताको हो । समष्टिमा, चाहिने कुरामा हातै हाल्न नसक्नु र नचाहिने कुरामा बलमिचाई यी बज्जेहरुको सामुहिक विशेषता रह्यो । (यही कमजोडीबाट माओवादी बलिया भए ।) किन त्यस्तो भो त अनि त्यसलाई कसरी उल्ट्याउने मूल प्रश्न यही हो ।
Read Full Discussion Thread for this article