Posted by: Dada_Giri February 5, 2005
क्रान्तिको बेला आयो।
Login in to Rate this Post:     0       ?        
ऋतू बुरो, तपाईँको बिचार सुनेँ, भनेसी अब म बोल्न पाएँ, हैन त? राजाले भालुको रिस खन्युमाथि पोखेका छैनन्, भालुमाथि नै पोख्दैछन् तर तपाईँले भन्न खोजेको भालु पनि नेपाली नै हुन् है त्यसरी भन्दा खन्यू मै पोखियो भन्दापनि फरक नपर्ला पनि। तर कुरा हेरी यहाँ आयो, >प्रजातन्त्र र शान्तिपुर्ण सामाजिक क्रान्ति नै अहिलेको समस्याको समाधान हो। सशक्त आन्दोलनको आगो दन्केर त्यसलाई निभाउन नसकेर जे सुकै होस् भनेर राजाले आगोमा घ्यू थप्न लागेको यो बेलामा के को शान्तिपुर्ण क्रान्ति नि फेरि? वनमा आगो लागेको बेला, हात्तिको कानमा लाम्खुट्टे गएर कराएर कल्ले सुन्नी हो? त्यसैले अब यो आगोको चपेटोमा परियो परियो। यसमा दोमत छैन, जस्तो मलाई लाग्या छ। आशा गरौँ, यो परालको आगो हुनेछ र कुनै दिन चालै नपाइकन निभ्ने छ।
Read Full Discussion Thread for this article