Posted by: surendras February 5, 2005
बिरोधमा काबिता
Login in to Rate this Post:     0       ?        
Let's share our exprepressions here. राजन तिमिले के गर्यौ छोपिदिएर ति बोल्ने मुखहरु तोडेर स्वाधिनता, राजन तिमिले के गर्यौ! खोसेर ति कलम बिचारका रोकेर संवाह, राजन तिमिले के गर्यौ! भत्काएर संचारका गतिहरु च्यातेर बिश्वासका पर्दा,राजन तिमिले के गर्यौ! च्यापेर एकतर्फि हठ लादेर सैनिकबाद, राजन तिमिले के गर्यौ! उडाएर धज्जि संबिधानको कुल्चेर मुटु प्रजातन्त्रको, राजन तिमिले के गर्यौ! एक्लै हिंडेर कहिं पुगिदैन, साथ जनताको चाहिन्छ शान्ति र बिकाश बिना देशको अस्तित्व कहाँ पाईन्छ! बारुदको जवाफ बारुद हुनै सक्दैन, हिँसा-त्रासले नेपालीको मन छुदैन बार्ता र सल्लाहले बिश्व जितिन्छ रे, थर्काएर कोहि आफ्नो हुदैन! ठिक गरेनौ, जे गरौ राजन तिमिले के गर्यौ!!
Read Full Discussion Thread for this article