Posted by: usofa February 4, 2005
eka desh ko katha
Login in to Rate this Post:     0       ?        
eka desh ko katha जुन दिन माओवादीहरूले सदरमुकामबाट सम्सा?झै अर्घर्ाा?चीका निमित्त प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी अपहरण गरे, त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवा भने विराटनगरमा सञ्चारकर्मीसामु चुनावको घोषणा गर्ने बताउ?दै थिए । त्यसयता बितेका दर्ुइ साता उनले त्यही शैलीमा दर्जनौ?पटक विभिन्न र्सार्वजनिक समारोहमा उही कुरा दोहोर्?याउ?दै भनेका छन्, "चा?डै नै चुनावको घोषणा हुनेछ ।" पुस मसान्त अर्थात् सरकारले निर्धारण गरेको समयसीमाभित्र माओवादी वार्तामा नआएपछि देउवाको चुनाव गराउने अभिव्यक्ति बाध्यताको उपज थियो । किनकि सत्तामा रहिरहने हो भने उनले कि शान्तिप्रक्रियाको थालनी, होइन भने चुनावी प्रक्रियाको सुरुवात गर्न सक्नर्ुपर्छ, जुन राजा ज्ञानेन्द्रले नियुक्तिका बखत उनलाई दिएको 'म्यान्डेट' मै उल्लेख थियो । त्यसकारण माओवादीलाई शान्ति वार्तामा ल्याउन असफल भएपछि देउवाले चुनावमा जाने कुरालाई प्रमुखता दिएका हुन् ।
Read Full Discussion Thread for this article