Posted by: brun42 February 4, 2005
2 latest NEWS from NEPAL
Login in to Rate this Post:     0       ?        
1. नेपालमा तीन दिन देखि ठप्प रहेको टेलिफोन सम्पर्कमा आन्तरिक सेवा आंशिक रूपमा खुल्ला गरिएको छ। अन्तर्राष्ट्रिय टेलिफोन सेवा लगायत मोबाईल फोन र इन्टरनेट सेवा अझै बन्द नै छन्। तीन वर्षका लागि प्रत्यक्ष शासनभार आफैले लिने श्री ५ महाराजाधिराजको कदम र अनिश्चितकालिन संकटकालको घोषणासंगै गएको मंगलवार बिहान देखि सम्पूर्ण संचार सम्पर्क ठप्प रहेको थियो।उक्त घोषणाको ठिक बहत्तर घण्टा पछी आज दिउंसो ल्याण्डलाइन टेलिफोन केहीबेरका लागि खुल्ला गरिएको थियो। गत मंगलवार देखि संकटकाल घोषणा भएको वर्तमान अवस्थामा बहुदलीय प्रजातन्त्र र मानव अधिकारको संरक्षणबारे सरकारलाई सचेत रहन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ। संबिधान प्रदत्त शान्तिपूर्ण राजनैतिक क्रियाकलापमा संलग्न हुन पाउने हकको उपभोग गर्नसक्ने अवस्था श्रृजना गर्न तथा मानव अधिकारकर्मीहरूको सुरक्षाप्रति सजग रहन समेत आयोगले सरकार समक्ष अनुरोध गरेको छ।
Read Full Discussion Thread for this article