Posted by: brun42 February 3, 2005
Latest new from Nepal
Login in to Rate this Post:     0       ?        
राष्ट्रिय मानव अधिकार आयोगले भनेको छ - पोखरास्थित एउटा छात्रवासमा सशस्त्र सुरक्षाकर्मीहरूले छापा मारे, घटनामा कतिपय विद्यार्थीहरू घाइते भएका रिपोर्टहरू प्राप्त भएको जनाएको छ। कम्तिमा २५० जना विद्यार्थीहरू गिरफ्तार भएका बताइएको छ। सम्वाददाताहरूले भनेका छन - नेपाली कांग्रेसका २० जना भन्दा बढी नेताहरूलाई गिरफ्तार गरिएको छ भने राजधानी काठमाण्डौंमा ७० जनालाई हिरासतमा लिइएको छ। बिहिवार एक दर्जन भन्दा बढी मानव अधिकारवादी संगठनहरुले राष्ट्रिय मानव अधिकार आयोगमा भेला भै गिरफ्तार गरिएका राजनीतिक नेता र कार्यकर्ताहरूको स्थिति सार्वजनिक गर्न र उनीहरूलाई उचित व्यवहार गर्न अपिल गरेका छन्। विघटित संसदका राजनीतिक दलका शीर्षस्थ नेता तथा विभिन्न पेशेवर संघ संस्थाले शाही घोषणालाई अप्रजातान्त्रिक भन्दै त्यसको विरोधमा एकताका लागि आव्हान गरेका छन्। राजाका समर्थकहरुले पनि काठमाण्डौंमा जुलुस निकालेका छन्। नेकपा माओवादीले हिजो देखी आव्हान गरेको तीन दिने नेपाल वन्दको बिहिवार खासै असर नपरेको समाचारमा उल्लेख छ।
Read Full Discussion Thread for this article