Posted by: brun42 February 3, 2005
Latest new from Nepal
Login in to Rate this Post:     0       ?        
श्री ५ महाराजाधिराजबाट देशको प्रत्यक्ष शासनभार आफै लिइबक्सी संकटकालको घोषणा गरिबक्से लगत्तै प्रेसमाथी लगाइएको नियन्त्रणलाई औपचारिकता दिइएको छ। सरकारले दुई छुट्टाछुट्टै सूचना जारी गर्दै निश्चित सामाग्रीको प्रकाशन र प्रशारणमा ६ महिनाका लागि प्रतिवन्ध लगाइएको घोषणा गरेको छ। श्री ५ महाराजाधिराजबाट आफ्नै अध्यक्षतामा सरकार गठन गरिबक्सेपछी मौसुफको कदमको आलोचना मात्र होइन समर्थनमा पनि आवाजहरु उठेका छन्। शाही कदमका समर्थकहरुले आज जुलुश निकाली नगर परिक्रमा गरेका थिए। प्रसंशकहरु मध्ये धेरैले राजाले शासनभार आफै लिइसकेपछिको स्थितिमा सरकारद्वारा घोषणा गरिएका सुधारहरु हुने आशा लिएका छन्। देशको मध्यपश्चिम क्षेत्रपनि तनावग्रस्त नै रहेको छ। अन्यौल र भयको वातावरण जारी छ। राजाको कदमको विरोधमा माओवादीहरुले घोषणा गरेको तीन दिने नेपाल वन्दका कारण सो क्षेत्रमा यातायात, सरकारी कार्यालय, उद्योग व्यापार स्कूल, कल-कारखाना सबै बन्द रहेका छन्। मंगलवारको शाही घोषणा पछि नेपालमा परिवर्तित राजनीतिक स्थिति प्रति सुदूर पश्चिमका विभिन्न क्षेत्रका व्यक्तिहरुले आ-आफ्नै खाले प्रतिकृया व्यक्त गरिरहेका छन्।
Read Full Discussion Thread for this article