Posted by: Nepe February 2, 2005
King made Right Decision
Login in to Rate this Post:     0       ?        
दादागिरीजी, तपाई पनि हाम्रो एन के बुईनी जस्तै आधा मनले भए नि राजाकै जत्थामा पुगनु भएछ, दु:ख त लाग्यो नाई, लागेर क्यार्नु, राजाले सबलाई बाँधे झै बाँधेर ल्याम्न भएन । तर जुन दिन राजाले पहिलो गणतन्त्रवादीलाई गोली ठोक्न आदेश दिन्छन् (धेरै दिन पर्खन पर्दैन), त्यो दिनदेखुन् राजनीतिको खेल अर्कै नियममा खेलिन्छ, हजुर । युद्धको नियममा । राजाका जत्थामा बस्ने राजाको योद्धा मानिनेछन्, चाहे स्वीकार्नुस, चाहे टकटकिनुस । आधा मनको आधै जिम्मेवारी भन्न पाईदैन । युद्धको नियम नबुझने अबुझकारी पक्कै हुनुहुन्न । त्यसैले गणतन्त्रवादीको पहिलो थोपा रगतले राजा ज्ञानेन्द्रको हात रंगिनु अगावै कम्मर बलियोसंग कस्नुस । महाभारत हो, लडम्ला दाजुभाई । अनि जेलाई तपाई बासी भन्दैहुनुहुन्छ, म त त्यस्को पौष्टिकता र स्वादमा कुनै कमी आईसकेको देख्दिन । फेरि कतिले त अझै चाखेका रैनछन् तो ।
Read Full Discussion Thread for this article