Posted by: Dada_Giri February 2, 2005
Appeal
Login in to Rate this Post:     0       ?        
त्यही भारतको कन्तो खन्ने र त्यहीँ गएर लुकेर भुमिगत बसेर देशको सशस्त्र आन्दोलानलाई निदेर्शन दिने हाम्रा माओबादी नेताहरु पनि नाजायज नै हुन् र उही हाँगोमा टेकेर उही हाँगोलाई काट्ने कालिदास भन्दा माथि छन् जस्तो मलाई लाग्दैन। चन्द्रशेखरको जुठो प्रजातन्त्र आज १४ वर्षमै फर्क्यो । अब हामी सबै नपालीहरुले देश बचाउनु पर्ने बेला आएको छ। अनि त्यसपछि बल्ल तन्त्रको कुरा आउँछ, प्रजातन्त्र, गणतन्त्र, राजतन्त्र के तन्त्र के तन्त्र नेपालीहरुले नेपालमा ल्याएको चोखो तन्त्र नै टिकाउ हुनेछ! देशमा आपत्ती परेको दु:खको यस घडिमा हामी सबै नेपालीहरु सम्यमित भएर एक ढिक्का भएर देशको लागि मरौँ राजाको लागि पनि हैन, नेताको लागि पनि हैन, केवल नेपालका लागि र अनि नेपाली जातिका लागि। धन्यबाद!
Read Full Discussion Thread for this article