Posted by: Dada_Giri February 2, 2005
Appeal
Login in to Rate this Post:     0       ?        
राजा ज्ञानेन्द्रले हिजो जुन कदम चाल्नु पर्यो, त्यो खुशी नभैकन बाध्यता थियो भन्ने कुरा जो कसेलाई पनि थाहा भएकै कुरा हो। यो सबै हुनु प्रजातन्त्रको नाममा १२ बर्षमै देशलाई तहस नहस पार्ने अदुरदरर्शी नेताहरुको कारण हो भन्ने कुरामा दुई मत नहोला। यस्तो कटु सत्य हाम्रो अगाडि हुँदाहुँदै पनि अहिले आएर हाम्रो आन्तरिक मामलामा भारतले बढि चासो लिएको देखिन्छ, यसैलाई कारण देखाउँदै सार्क सम्मेलनलाई पछाडि सार्ने काम हुँदैछ।प्रजातन्त्रको नाममा देशलाई सति पठाउने, लाउडा बिमान काण्डका नायक तथा हवल्लदार पदका दाबेदार गिरिजा प्रसाद कोइराला यो देशको प्रधानमन्त्रीको कुर्सिमा १३ वर्षको अबधिमा आधाभन्दा बढि समय बसिसकेको तथ्य हाम्रो सामु छिपेको छैन। उही बसिरहेकै बेला माओबादी समस्याले जरो टेकेको थियो, देशमा भ्रस्टाचारले सिमा नाघेको थियो। त्यतीखेरदेखि हिजोसम्म मुकदर्शक हाम्रो छिमेकी रास्ट्र भारत आज आएर गोहीका आँसु चुहाउँदै छ,र फेरि हाम्रो आन्तरिक मामलामा खुब चासो राख्ने ठुल्दाइ पल्टेको छ। यो कुनै पनि स्वाभिमानी नेपालीलाई स्वादिलो कुरा हैन।
Read Full Discussion Thread for this article